डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार (आज) युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ। यसअघि भएका २ मध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित्नैपर्ने दबाब छ।

हिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो। बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको प्रदर्शन कमजोर देखिएको छ । आजको खेलमा नेपाललाई ब्याटिङमा राम्रो गर्नुपर्ने चुनौति छ।

नेपालसँग भिड्न लागेको ओमानले पनि पहिलो खेलमा केन्यालाई हराएको थियो भने दोस्रो खेलमा क्यानाडासँग हार ब्यहोरेको थियो। प्रतियोगितामा क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा नेपालसँगै युएई, क्यानडा, नामिबिया, केन्या र ओमान  गरी ६ टोलीको सहभागीता रहेको छ। यो समाचार आजको नागरिकमा प्रकाशित भएको छ