
असार २६- माओवादी अध्यक्ष दाहालको पहलमा सर्वदलीय बैठक जारी, राष्टि्रय सहमति, बजेटलगायतका विषयमा छलफल ।
एकीकृत नेकपा माओवादीले आह्वान गरेको सर्वदलीय बैठक जारी छ । आज सरकारले आह्वान गरेको सर्वदलीय बैठक कांग्रेस(एमालेलगायतका विपक्षी दलले बहिष्कार गरेपछि पार्टीगत रूपमा माओवादीले बैठक आह्वान गरेको हो । सिंहदरबारमा आज विहान बसेको बैठकमा सरकार समर्थित दलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाइ नै बैठक आह्वान गर्न आग्रह गरेका थिए । बैठकमा नेपाल मजदुर किसान पार्टीले कामचालउ सरकारे पूण्राकारको बजेट ल्याउन नमिल्ने भन्दै तत्काल विपक्षीसंग सहमति कायम गर्न सुभाव दिएको थियो । बैठकपछि स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सरकारले अन्य दलको सहमतिकै आधारमा बजेट ल्याउने बताउनुभयो । २५ दल सहभागी बैठकमा अधिकांश दलले अन्य दलसंग सहमति गरेर मात्र बजेट ल्याउन सुभाव दिए पनि संविधानको धारा ८८ अनुसार अध्यादेशबाट पूर्ण बजेट बजेट ल्याउने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिनुभयो । विपक्षीले भने जस्तो एक तृतीयांशमात्र बजेट ल्याए चुनाव, सेना समायोजनसहित दीर्घकालीन महत्वका सरकारी आयोजना प्रभावित हुने पौडेलको भनाइ थियो ।



















