International News

बेलायती रक्षा मन्त्रालय अगाडि गोर्खाहरुको नाराबाजी धर्मराज अधिकारीलण्डन । बेलायती सेनामा रहेका पुर्व गोर्खा आर्मीहरुले बेलायती

रक्षा मन्त्रालय अगाडि केहिबेर नारावाजी गरेका छन । गोर्खाहरुको माग सम्बोधन गर्न मिनिष्टि्र अफ डिफेन्स (एमओडी) ले आलटाल गरेको बताउंदै उनीहरुले मन्त्रालय अगाडि धर्ना सहित नारावाजी गरेका हुन । बबी वासन मानवअधिकार गोर्खा प्रोजेक्टले बुधबार आयोजना गरेको धर्नामा बेलायतभरीबाट पुर्व गोर्खाहरुको बाक्लो सहभागिता रहेको थियो । धर्नापछि सहभागिहरुले आफ्‍नो मागलार्इ अभ जोडतोडका साथ अघि बढाउन बेलायती उच्च सांसदका लर्ड नजीर अहमदलाइ ज्ञापन पत्र समेत बुझाए ।ज्ञापनपत्र बु्‍दै लर्ड अहमदले यसलाइ बुधबार नै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने बताए । उनले गोर्खाहरुलाइ दिइएको असमान पेन्सन र विभाजित परिवारबाट आफुलाइपनि दुख लागेको जानकारी दिए । गोर्खाहरुलाइ समान पेन्सन दिंदा बेलायतलार्इ ठुलो आर्थिक भार नपने बताउंदै अहमदले यसबाट हेल्थ, एजुकेशन, लगयात अन्य सामाजिक सेवाका खर्चहरु कटौती हुने विश्वास लिए ।सहभागि पुर्व गोर्खाहरुलाइ सम्बोधन गर्दै प्रोजेक्टका अध्यक्ष हर्कबहादुर थापा मगरले गोर्खालीहरुले २०० बर्ष अघिदेखि बेलायतीको लागि खुन पसिना बगाएको स्मरण्ा गरे ।  गोर्खालीका नाममा खुलेका अन्य संस्थाहरुको कुनै आश नभएको बताउंदै उनले मानवअिधकार माफत यो देशको शाशकलाइ झक्भmक्याउने प्रयास गरीएको बताए । एउटै कसम खाएर भर्ति भएका गोर्खालीहरुलाइ तिन भागमा बांडेर एमओडीले ठगको ब्यबहार गरेको उनले आरेप लगाए । अध्यक्ष मगरले गोर्खाहरुमा पनि भुक, ढुक, सुक, लुक र रुक बहादुर रहेकोले आन्दोलन शसत्त पार्न केहि कठिनाइ भएको बताए ।आन्दोलनकी अगुवा एवं मानवअिधकार कर्मी बबी वासनले आन्दोलनको अर्को चरण गर्न परे आफुहरु बृहत भोक हड्‍ताल गर्न बाध्य हुने बताइन । आन्दोलनको क्रममा मर्न परे पनि गोर्खाहरुसंगै मर्न तयार रहेको बताउंदै उनले अधिकार दिलाएरै छाड्‍ने बचन बद्धता व्यत्त गरीन । एमओडीको भनार्इ सत्य नभएको बताउंदै वासनले एमओडीले गोर्खाहरुलाइ भेटी उनीहरुको वास्तविकता बुझ्नुपर्नेमा जोड दिइन ।यसअघि सो प्रोजेक्टले प्रधानमन्त्री डेभिड क्यामरुनलाइ आफ्‍नो माग सहितको ज्ञापनपत्र बुझाइसकेको छ । सो ज्ञापनपत्रमा गोर्खाहरुलाइ बेलायत बसोबासको अधिकार, समान पेन्सन र १८ बर्ष माथि पुगेका छोराछोरहिरुलाइ बेलायत ल्याउन पाउनुपने जनाइएको थियो । प्रधानमन्त्री क्यामरुनले गोर्खाहरुको मागबारे एमओडीको ध्यानाकर्षण गराइसकेका छन । यद्यपी एमओडीले गोर्खाहरुलाइ १९९७ को त्रिपक्षीय सन्धि अनुरुप नै व्यवहार भएको बताउंदै गोर्खा मुद्यालार्इ ओभेलमा पार्न खोजेको उनीहरुले आरोप लगाएका छन ।सो अवसरमा लर्ड अहमद र वासनको भनाइलाइ गंगा आलेले दोभासेको रुपमा पुर्व गोर्खाहरु समक्ष पुर्‍याएकी थिइन ।लर्ड अहमदलाइ ज्ञापनपत्र बुझाउन अध्यक्ष थापा मगर, अधिकार कर्मी वासन, कृष्ण आले, भुवन गुरुङ, जगदीश गुरुङ, हिम बहादुर गुरुङ, रेवत थापा मगर, भत्त बहादुर गुरुङ, दिल बहादुर थापा एमएम, सुनार गुरुङ, खड्‍ग गुरुङ, चत्र बहादुर राना, गंगा आले, योग बहादुर गुरुङ, दुर्गा राना लगायतको सहभागिता रहेको थियो । सधैं आफ्‍नै कार्यकक्षमा भेट गर्दै आएका लर्ड गोर्खालीको ज्ञापन पत्र बुभ्‍न आफैं संसद भवन अगाडि आएका थिए । लर्डसंगको भेटपछि सहभागिहरुले एकछिन नाचगान गर्दै रमाइलो मनाएका थिए ।

National News - राष्ट्रिय समाचार

‘म अर्को मधेस आन्दोलनको तयारीमा छु’

काठमाडौ, ७ जेठ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा read more

मंसिर महिनाभित्र चुनाव गर्नुको विकल्प छैन

काठमाडौ , जेष्ठ ७ -मंसिरभित्रै चुनाव हुने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको दाबी  एकीकृत माओवादी अध्यक्ष पुष्पकमल read more

सदरुल मिया“हकको हत्याको विषयमा छानबिन टोली गठन

 राजविराज , जेष्ठ ७ -सरकारबाट पूर्वसभासद् सदरुल मिया“हकको हत्याको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन टोली गठन । read more

राप्रपा र राजपा एकता महाधिवेशन जारी

काठमाडौ , जेष्ठ ६ - काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा आज केन्द्रीय read more

एमाले विघटनको प्रक्रियामा : लिलामणि पोखरेल

काठमाडौ , जेष्ठ ६ - एकीकृत माओवादीका नेता लिलामणि पोखरेलले एमाले विघटनको प्रक्रियामा रहेको टिप्पणी गर्नु भएको छ । read more

नेपालमा राजसंस्था पुनःस्थापित हुन्छः अध्यक्ष थापा

बुटवल, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापित हुने दावी गरेका छन् । read more

दैनिक एक हजारलाई कारबाही–डिआईजी अर्याल

काठमाडौं, जेठ ६ कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक महाशाखा प्रमुख (डिआईजी)उपेन्द्रकान्त अर्यालले ९० प्रतिशत दुर्घटना read more

राप्रपा र राजपाको एकताको महाधिवेशनबाट थापा अध्यक्ष बन्ने निश्चित

काठमाडौं , जेष्ठ ५ - राप्रपा र राजपाको एकताको महाधिवेशनबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अध्यक्ष बन्ने निश्चित भएको छ । read more

रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने

काठमाडौ, ५ जेठ । रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने नेकपा–माओवादीका महासचिव थापाको दाबी, read more

नक्कली कम्युनिष्टहरुस“ग एकता हुन नसक्ने : प्रचण्ड

काठमाडौ, ५ जेठ  नक्कली कम्युनिष्टहरुस“ग एकता हुन नसक्ने एमाओवादी अध्यक्ष प्रचण्डको भनाइ, आफूहरूमात्र सच्चा कम्युनिष्ट read more

International News - अन्तराष्ट्रिय समाचार

गोर्खा कप यसपटक झन् व्यवस्थित बनाइने

लन्डन । २६ मे आइतबार हुने एघारौं गोर्खा कप व्यवस्थित र सुरक्षित तवरले सम्पन्न गर्ने अठोट आयोजक तमुधिं read more

हेल्प नेपालद्धारा विभिन्न व्यक्तित्व सम्मानित

लण्डन । हेल्प नेपाल नेटवर्कको महत्वकांक्षी योजना १० करोड रुपैंयाको अक्षयकोष स्थापनार्थ विभिन्न तवरबाट सहयोग read more

गोर्खा म्युजियम र हिलियर गार्डेन्समा गोर्खापरिवार

ह्याम्सायर । बेलायतस्थित च्यारीटि संस्था नेपाली मद्यत समुहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई read more

फार्नबरोमा गोर्खाली तक्मा माग्दै ‘माग्ने’

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतको फार्नबरोमा read more

गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक सम्पन्न

केण्ट । गुल्मी जिल्ला समाज युकेको नवनिर्बाचित समितिको प्रथम बैठक संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा read more

एनआरएन युकेको निर्वाचन सेप्टेम्र १५ मा

लण्डन । गैरआवासीय नेपाली संघ युकेको पांचौ अबिधेशन सेप्टेम्वर १५ गते साउथ ईष्ट लण्डनमा हुने भएको छ । यस अघि सेप्टेम्बर read more

पेरिसमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

पेरिस । फ्रान्सको राजधानी पेरिसमा बृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । read more

एनपीसीसी इटाली

रोम इटालि । जनसंपर्क समिती (एनपीसीसी) इटालीको प्रथम बार्Èिक साधारण्ँसभा भब्यताका साथ सम्पन्न भएको छ । एनपीसीसी इटालीका read more

मगरसंघ युकेको आयोजनामा भव्य ओपन एअर कन्सर्ट

फार्नबरो । मगर संघ युकेको आयोजनामा २५५७ औं बुद्धजयन्ती तथा ओपन एअर  कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । read more

ह्यारोमा माग्ने र तक्मेको प्रश्तुती

ह्यारो । ख्याती प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.