
बाढि पिडितका लागि बेल्जियममा सांस्कृतिक कार्यक्रम पोखराका बाढी पिडितहरुको सहयोगार्थ बेल्जियममा
गतसाता गि्रष्मकालीन सांस्कृतिक सांझ भव्य रुपमा सम्पन्न भएको छ । तमु समाज बेल्जियमका अध्यक्ष श्री प्रसाद तमुको प्रमुख अध्यक्षतामा सम्पन्न सो सांझलाइ गायक विवेक श्रेष्ठले सुमधुर बनाएका थिए । पोखराको हिम पहिरोमा परि घरबार विहिन भएका तथा अंगभंग वा परिवार गुमाएकाहरुको सहयोगका लागि गरीएको कार्यक्रममा गायक श्रेष्ठले थुप्रै नयां तथा पुराना गितहरु गाएका थिए । कार्यक्रममा बेल्जियमका स्थानीय कलाकारहरु काजा गुरुङ, दुर्गा काजी शाक्य, कमल गुरुङ, अजुन गुरुङ लगायतले पनि साथ दिएका थिए । सो सांझमा तमु समाज बेल्जियमका उपाध्यक्ष मनिष गुरुङले स्वागत मन्तव्य व्यत्त गरे भने महासचिव खेम गुरुङले सञ्चालन गरेका थिए । सहभागि कलाकारहरुलाइ तमु समाज बेल्जियमले खादा ओढाइ सम्मान गरेको थियो ।


















