International News

व्याकुल माईलालाई वेलायतमा सम्मान२३ जुन २०१२ फोक्सटन । नेपाल राष्ट्रगानका रचनाकार व्याकुल माइलालाइ

वेलायतमा सम्मान गरिएको छ । नयां सन्देश साप्ताहिकको आयोजनामा वेलायतवासी सम्पूर्ण नेपालीहरुको तर्पबाट रचनाकार माइलालाइ सम्मान गरिएको हो । गत शनिवार हकिन्ज कम्यूनिटी सेन्टर फोक्सटनमा एक वृहत भेलाको आयोजना गरी श्रष्टा सम्मान २०१२ ले माइलालाइ सम्मान गरिएको थियो ।नयां सन्देश साप्ताहिकको चौथो वाषिक उत्सवको अवसरमा श्रष्टा सम्मान २०१२ को आयोजना गरिएको थियो । नेपाली भाषाको विकाशमा गीतकार व्याकुल मार्इलाले पुर्‍याउनु भएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।वेलायतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाहरुको सामुहिक एजेण्डाको रुपमा नेपाली भाषामा पठन पाठन गने अभियाको शुरुवात गने उद्देश्यले यो श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । वेलायतका नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेको प्रमुख अतिथि तथा नेपाल गैर आवासिय नेपाली संघ (एन.आर.एन) का अध्यक्ष कुल प्रसाद आचार्य विशेष अतिथि रहेको उत्त श्रष्टा सम्मान कार्यक्रममा विभिन्न संघसस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमका अतिथिहरुमा नेपाली आदीवासी/जनजाती महासंघ वेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बु, तमुधि वेलायतका अध्यक्ष मुछेत्र गुरुङ्ग, सुनुवार सेवा समाज, वेलायतका अध्यक्ष जंग सुनुवार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष डम्बर लिम्बु, शेर्पा संघ, वेलायतका अध्यक्ष आङपुला शेर्पा, किरांत राइ यायोक्खा, वेलायतका उपाध्यक्ष तथा माङखिम व्यवस्थापन समितिका संयोजक कल्पना राइ लगायत छन्त्याल समाज, वेलायतका अध्यक्ष तुल छन्त्याल, दुरा समाज, वेलायतका अध्यक्ष्ा ओम प्रसाद दुरा तथा अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए ।रचनाकार माइलालाइ सम्मान गर्न प्रमुख अतिथि डा. सुरेशचन्द्र चालिसे एन.आर.एन.यूकेका अध्यक्ष कुल प्रसाद आचाय, गायिका पार्वती राइ, किरात याक्थुङ चुम्लुङ, वेलायतका सचिव विमला लिम्बु, लेखिका भावना परिष्कृत सुनुवार लगायतले खादा ओडाएर सम्मान गरेकका थिए ।अतिथिको आसनवाट वोल्दै डा. चालिसेले कार्यक्रमको प्रसंसा गरे । यस्तो किसिमको चेतनामुलक कार्यक्रमहरु देशको विभिन्न स्थानमा गनु पने वताए । भाषा र साहित्य समाजको दर्पन भएकोले आÏनो पहिचानको लागी अपरिहार्य भएको वताए । वेलायतमा नेपाली भाषाको अध्ययन अध्यापन सम्बन्धी कार्यमा आÏनो तफवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता वयत्त गरे ।कार्यक्रम संयोजक अधिवत्ता चण्डीराज राइले कार्यक्रमको उद्देश्य माथि जानकारी गराउने क्रममा वेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाइ नेपाली भाषाको संरक्षण तथा विकाश गर्नमा आप्नो क्षमता अनुसारको भुमिका निर्वाह गर्ने आग्रह गरेका थिए । कार्यक्रमको प्रमुख नारा नै हाम्रो राष्टि्रयता, इतिहास, धर्म, संस्कार, संस्कृति र पहिचान भाषा सगै मर्छ नेपाली भाषाको संरक्षण गरौ, स्रष्टाहरुको सम्मान गरौ भन्ने भएकोले आ–आप्‍mनो बालबालिकाहरुलार्इ नेपाली भाषामा बोल्न, पढ्‍न र लेख्न सिकाउ भन्ने निवेदन गरेका थिए ।कार्यक्रममा वेलायतमा नेपाली भाषाको अध्ययन अध्यापन सम्बन्धी कार्यपत्र तयारी समितिको समेत गठन गरिएको छ । यस समितिले दुइ महिन भित्रमा कार्यपत्र तयारी गरी एक विचार गोष्ठीको आयोजना गरि सार्वजनिक गने योजना रहेको बतार्इएको छ ।कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका पार्वती राइको गिति एल्बम झझल्को को विमोचन पनि गरिएको थियो । पहिलो चरणको कार्यक्रमा कवि तथा साहित्यकार काङमाङ नरेशले संचालन गरेका थिए ।कार्यक्रमको दोश्रो चरण गायिका पार्वती रार्इको साथमा स्थानिय कलाकारहरुको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको थियो । सांस्कृतिक कार्यक्रममा गायक द्धय दौलत राइ र गंगाराज राइ गायिका श्रद्धा राइ, प्रतिभा राइ, यात्रिमा राइ, सुजता गुरुङ्ग, निहा रोका मगर र रेसा तामाङ्ग रहेका थिए ।श्रष्टा सम्मान २०१२ सम्पन्न गर्न एन आर एन  युके, सुष्मा क्याटरिङ, आशफोर्ड, गोर्खा इन्टरप्रार्इजेज लि. आशफोर्ड, नेपाली प्रतिभा प्रतिष्ठान, वेलायत, गोर्खा हिल सुपरस्टोर फोक्सटन, गोर्खा मिनि माकेट, स्वीनडन, गोर्खा प्यालेस रेष्टुरेण्ट, फोक्सटन, गाउँले पसल, आशफोर्ड, हिमाल लि., ओल्ड पि्रन्स अफ वेल्स, आशफोर्ड तथा द कर्नर सप, मेडीस्टन ले प्रयोजन गरेका थिए । कार्यक्रम नयँ सन्देश साप्ताहिक संचालन समितिका अध्यक्ष शिवधन रार्इको अध्यक्षतामा सम्पन्न भएको थियो । दोश्रो चरणको कार्यक्रम जगत नवोदित र विमला सुव्वाले सामूहिक रुपमा संचालन गरेका थिए ।

National News - राष्ट्रिय समाचार

राष्ट्रपतिले अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या

काठमाडौं , असार ५ -राष्ट्रपतिले आफूले पठाएको अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या आएको एमाओवादी read more

जनताको दुःखप्रति ज्यादै चिन्तित छु : पूर्व राजा

जनकपुर , असार ५ - वर्तमान राजनीतिक अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको गम्भिर चिन्ता, मिठो नाराले मात्र देश नबन्ने धारणा । read more

चुनावको वातावरण बनाउन आग्रह

काठमाडौं , असार ५ - चुनावको वातावरण बनाउन राजनीतिक दलहरुलाई मन्त्रिपरिषद्का अध्यक्षको आग्रह, read more

बाढीपीडितको उद्धार तथा राहत कार्य तीव्र पार्न सरकारको निर्देशन

काठमाडौं , असार ५ - बाढीपीडितको उद्धार तथा राहत कार्य तीव्र पार्न सरकारको निर्देशन, ज्यान गुमाएकाको परिवारलाई read more

असन्तुष्ट दलहरु नआए पनि मंसिर चार गते नै चुनाव

काठमाडौ , असार ४ - नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले असन्तुष्ट दलहरु नआए पनि मंसिर चार गते नै चुनाव read more

पहिरोमा परेर अछाम र बैतडीमा सात जनाको मृत्यु

काठमाडौ , असार ४ - निरन्तरको वर्षापछि आएको पहिरोमा परेर अछाम र बैतडीमा सात जनाको मृत्यु भएको छ भने डोटीमा read more

देउवा र बैद्यबीच भेटवार्ता

काठमाडौ , असार ४ - नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा–माओवादीका अध्यक्ष मोहन  भएको छ । read more

कालीकोटमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु

कालीकोट , असार ४ - कालीकोटमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु, पहिरोकै कारण दैलेख, बैतडी र अछाममा १४ जनाको ज्यान गयो । read more

सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण बनाउने जिम्मा सरकारको

पोखरा , असार ३ -नेपाली काग्रेंसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले सबै दललाई चुनावमा सहभागी बन्ने वातावरण read more

मताधिकारको माग गर्दै भारतमा रहेका नेपाली मजदुर काठमाडौमा

काठमाडौ, ३ असार । आगामि मंसिर ४ गतेको लागि घोषणा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा आफुहरुले पनि read more

International News - अन्तराष्ट्रिय समाचार

नेपाली जनसम्पर्क समिति बेलायतमा गुरुङ सर्वसम्मत

अल्डरसोट । नेपाली जनसम्पर्क समिति बेलायतको तेश्रो महाधिबेशनले लोक गुरुङको अध्यक्ष्ँतामा सर्वसम्मत नयां read more

धादिङमा आइटी रिसोर्स सेन्टर बनाउन लन्डनमा च्यारिटी

लण्डन । तामाङ खर्क अल्मुनाइले धादिङ जिल्लाको विकट गुम्दी गाविसमा आइटी रिसोर्स सेन्टर बनाउन आइतबार read more

सेफ एसोसिएसन यूकेको अधिवेशन २३ जुलाईमा

लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेले आफ्नो प्रथम राष्ट्रिय अधिवेशनको तयारी भइरहेको जनाएको छ । read more

यू के ल्हेङे दाजु भाई हरुको तेस्रो वार्क भेत्घत भब्य रुप्मा सम्पन्न

बेलायतमा बसोबास गर्दै आएका ल्हेङे दाजुभाईहरुको तेश्रो वार्Èिक भेटघाट कार्यक्रम गतसाता फार्नबरोमा सम्पन्न भयो । read more

नेपालमा दन्त शिविर सञ्चालन गर्न पुर्व प्रहरी मञ्च बेलायतको च्यारीटि

नेपाल भुतपुर्व प्रहरी मञ्च बेलायतले नेपालका विकट गाउंहरुमा दन्त शिविर सञ्चालनको सहयोगार्थ शनिबार च्यारीडि सांझ read more

लगानी साझोदारी निर्माणमा दुतावासको अग्रसरता

लण्डन । नेपालमा ब्यापार तथा लगानी बिस्तार गर्ने सम्बन्धमा साझेदारी तथा नेट्वर्किङ स्थापना गर्ने उदेश्यले बेलायतस्थित read more

गोर्खा कप सफल ः तमुधिं

मिचेत । एघारौं गोर्खाकप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक तमुधि युकेले जनाएको छ । read more

नेपाली जनसंपर्क समिति बेल्जियममा जोशी

बेल्जियम । नेपाली जनसंपर्क समिति (एनपीसीसी) बेल्जियमको अध्यक्ष पदमा सन्तोस जोशी (सुवास) निर्वाचित भएका छन । read more

माबो हत्या प्रकरण, आक्रोसित बन्दै नेपाली

बेलायत । बेलायतको रेडिङ शहर नजिक आर्वरफिल्ड बस्ने कृष्णमायां माबोको बलत्कारपछि हत्या भएको एकसाता read more

एनआरएन अध्यक्ष् पदमा उपाध्यक्ष् रि.क्या.गुरुङको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष्ँ रि.क्या. हितमान गुरुङले अध्य क्ष पदमा उम्मेदवारी दिने read more

 

© 2012 nayaju.com / Nayaju Traders. All Rights Reserved.