
अध्यादेशबाट बजेट जारी नगर्न राष्ट्रपतिलाइ विपक्षी दलहरूको आग्रह, प्रधानमन्त्रीले तत्काल राजीनामा गरी बाटो खुला गनुपने भनाइ ।
कांग्रेस र एमालेसहितका विपक्षि दलले कामचलाउ सरकारले सिफारिस गरेको बजेट अध्यादेश जारी नगर्न राष्ट्रपति डाक्टर. रामवरण यादवलाइ आग्रह गरेका छन् । विपक्षि दलका शिर्ष नेताहरुले हिजो राष्ट्रपति कार्यालय शितल निवास पुगी कामचलाउ हैसियतको रुपमा सरकारले पूर्ण बजेट ल्याउन नसक्ने भन्दै राष्ट्रपतिलाइ ज्ञापन पत्र बुझाएका हुन् । विपक्षि दलहरुले सहमतिका लागि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले तत्काल राजीनामा दिनुपने पनि माग गरेका छन् । बजेटका बिर्षयमा छलफल गर्न मंगलबार बसेको कंग्रेस एमाले सहितका २६ दलको संयुक्त बैठकले संवैधानिक रूपमा पदमुक्त भएको सरकारका प्रधानमन्त्रीलाइ अध्यादेश सिफारिस गने अधिकार नभएको र पूण्र बजेट ल्याउन नसक्ने निष्कर्ष निकालेको थियो । हिजो भएको निर्णय अनुरुप कंग्रेस र एमालेसहित साना दलका शीर्ष नेताहरूले हिजो राष्ट्रपतिलाइ भेटेर पूर्ण बजेट ल्याउनबाट रोक्न सरकारलाइ दवाब दिन आग्रह गरेका हुन् ।

















