
माओवादी लडाकु नेपाली सेनामा भर्ना गर्न छनौट प्रत्रिmया सुरु, समायोजन रोजेर बसेका ३ हजार १ सय २३ पूर्वलडाकु प्रत्रिmयामा सामेल हुदै ।
माओवादी लडाकुको नेपाली सेनामा भर्ना गर्न छनौट प्रत्रिmया सुरु भएको छ । समायोजन रोजेर शिविरमा बसेका माओवादी लडाकुको सात मुख्य शिविर र अधिकृतमा जाने लडाकुहरुको भरतपुरस्थित नेपाली सेनाको तालिम केन्द्रबाट भर्ना छनोट प्रकृया शुरु भएको हो । लडाकु समायोजन विशेष समितिले लडाकुको भर्ना छनोटका लागि लोकसेवा आयोगका कार्यबाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा गठित समितिले लडाकु भर्ना छनोट प्रकृया अगाडि बढाएको हो । देशका सात मुख्य शिविरमा समायोजन रोजेर बसेका ३ हजार १ सय २३ पूर्वलडाकु छन् । तीमध्ये ६ सय २५ जना चितवनको शत्तिखोरस्थित तेस्रो डिभिजनमा रहेका छन् । छनौट प्रत्रिmया अन्र्तगत पहिलो चरणमा शारीरिक वनावटका विभिन्न पक्षको जाच गरिने छ । सेनाको मापदण्डअनुसार शारिरिक संरचना ठीक भएका लडाकु पहिलो चरणमा छनौटमा पने छन् । समायोजनका सम्वन्धमा महानिदेशनालय गठनका साथै नागरिकता, अनमिनको प्रमाणीकरण, उमेर, शिक्षा, दर्जा र भर्ना देखिको अवधिजस्ता विषयमा राजनीतिक दलहरुवीच सहमति भइसकेको छैन । गत चैत २८ गतेबाट लडाकुका शिविरको नियन्त्रण नेपाली सेनालार्इ दिइएको थियो । लडाकुलार्इ सेनाको जिम्मा लगाउने निर्णयको नेकपा(माओवादीले विरोध गर्दै आएको छ ।




















