
मकवानपुर जिल्लाको कांकडाँ र चितवनको कविलास गा.वि.स.मा वसोवास गर्दै आएका विपन्न वर्गका चेपाङ्ग समुदायलाइ
लक्षित गरी श्री सैनिक श्रीमती संघद्वारा मिति २०६९।०३।१७ र १८ गते आयोजना गरिएको स्वास्थ्य शिविर, सचेतनामुलक तथा राहत वितरण कार्यक्रम श्री प्रधान सेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । मिति २०६९।०३।१७ र १८ गते क्रमश चितवनको कविलासमा १२५ जना र मकवानपुरको कांकडामा करिव १३३ जना विभिन्न समुदायका घरपरिवारलार्इ राहत (चामल, चिउरा, चिनी र विष्कुट) वितरण गरेको थियो । साथै दुवै कार्यक्रम स्थलबाट विभिन्न समुदायका करिव ५८० व्यत्तिहरुलार्इ स्वास्थ्य उपचार सेवा प्रदान तथा निशुल्क औषधी वितरण गरिएको थियो ।कार्यक्रममा विगत केही समय यता जंगली खाद्य वा अखाद्य वस्तुको सहि पहिचानको अभावले मकवानपुर र चितवन जिल्ला स्थित विभिन्न गा.वि.स.हरुमा भएको दु:खदायी घट्नालाइ मध्यनजर राखी आगामी दिनहरुमा उत्त घट्नाहरु पुन: दोहोरिनबाट सजग गराउने उदेश्यले अमलेखगञ्ज स्थित सैनिक शिक्षालयबाट जंगलमा पाइने कन्दमुल, च्याउ, ऋठा, भ्याकुर आदि जस्ता वस्तुहरुलाइ प्रत्यक्ष देखाइ सो को प्रयोग सम्वन्धी उपस्थित सम्पुर्ण समुदायलाइ सचेतनामुलक कार्यक्रम संचालन गरिएको थियो । साथै उत्त कार्यक्रममा सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती कमला गुरुङ्ग तथा संघका पदाधिकारीहरु, रथीवृन्द, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी अभिभावकहरु, मकवानपुरवासी चेपाङ्ग तथा अन्य समुदायका परिवारहरुको समेत उपस्थिती रहेको थियो ।




















