
प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने मन्त्री रायमाभीको भनाइ, भट्टराइले राजीनामा दिइ चुनावी सरकार
गठन गनुपने राप्रपा नेपालका अध्यक्ष थापाको भनाइ ।शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाभीले प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्याउनुभएको छ । हिजो विहान लुम्बिनीमा भएको साक्षात्कारमा विकल्प बिना प्रधानमन्त्रीले राजिनामा दिदा मुलुकमा अराजकता मच्चिने भएकाले राजिनामाको सम्भावना नभएको बताउनुभयो । उहाले दलहरुले सहमतीबिनै प्रधानमन्त्रीको राजिनामा मागेर देशलाइ अन्योलमा धकेल्न खोजेको पनि आरोप लगाउनुभयो । मन्त्री रायमाभीले सरकार परिवर्तनको माग गरिरहेका दलहरूलार्इ बिधि अनुसार सरकार परिवर्तनका लागि एजेन्डासहित आउन सुझाव दिनुभयो ।राष्टि्रय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री बाबुराम भट्टराइले राजीनामा दिइ चुनावी सरकार गठन गनुपने बताउनुभएको छ । हिजो जनकपुर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै अध्यक्ष थापाले चुनावी सरकार स्वतन्त्र व्यत्तिको नेतृत्वमा गठन गनुपने बताउनुभयो । उहाले एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका कारण जेठ १४ मा संविधान निर्माण हुन नसकेको पनि आरोप लगाउनुभयो । अध्यक्ष थापाले कांग्रेस र एमालेले अधिनायकवाद तथा एकीकृत माओवादी सर्वसत्तावाद लाद्न उद्धत रहेको भन्दै त्यस्तो प्रयास पूरा नहुने चेतावनी दिनुभयो । उहाले कांग्रेस र एमालेले सरकारको नेतृत्व पाउनकै लागि राष्ट्रपतिलाइ उचालेर अधिनायकवाद निम्ताउन खोजेको पनि आरोप लगाउनुभयो ।

















