
प्रमुख तीनदल र मधेशी मोर्चाबीचको बैठक निष्कर्षबिहीन, दलहरू आ(आफ्नै अडानमा ।सरकार र प्रतिपक्षी दलले आ(आफ्नो अडान नत्यागेपछि
लामो समयपछि बसेको चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रतिपक्षीले प्रधानमन्त्रीको राजीनामा पहिले आउनुपने र सरकार पक्षँले संविधानका विवादित विषयमा छलफल पहिले गनुपने भन्ने अडान लिएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको मोर्चासहितको प्रमुख तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विष्ायमा अन्तर्गत जहां सहमति हुन बांकी थियो त्यहीबाट छलफल सुरु गनेगरी चार ओटा प्रस्ताव राख्नुभएको थियो । दाहालले संविधानका विवादित विषय सल्टेपछि त्यसलार्इ जारी गने वातावरण बनाउने त्यसका लागि सहमतिय सरकार गठन गने र बजेट बारे छलफल अघि बढाउनुपने गरी एजेण्डा राख्नुभएको थियो । तर दाहालको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीको राजीनमा पहिले आउनुपने अडान लिएका थिए । बैठकपछि माओवादी उपाध्यक्षँ एवं उपप्रधानमन्त्री नारायणकाजी श्रैष्ठले प्रधानमन्त्रीको राजीनामा भन्दा संविधानका विवादित विषय पहिले टुंगिनुपनेमा आफूहरुले जोड दिएको जानकारी दिनुभयो । आ(आफ्नै अडानमा रहेकै कारण यसअघि भएको बैठक पनि निष्कर्षमा पुग्न सकेको थिएन ।




















