
बेलायतमा अध्यायनरत नेपाली विद्यार्थी अमित बरुवाल क्षत्रीको गतसाता मृत्यु भएको छ ।
ब्राइटनस्थित समुद्रमा साथीहरुसंग रमाइलो गरीरहेका बेला अचानक डुबी उनको मृत्यु भएको छ । क्षत्रीको शवलार्इ ब्राइटनस्थित अस्पतालमा पोष्टमार्टमका लािग राखिएको उनका आफन्तजनले बताएका छन । पर्वत मलाज माझफांट वडा नं ७ स्थायी घर भएका मृतक क्षत्री लण्डनस्थित साउथलण्डन कलेजमा अध्यायनरत थिए । उनको अन्तिम संस्कारका लागि आर्थिक सहयोग गर्न आफन्तहरुले एनआरएन युके माफत बेलायतवासी नेपालीहरुलाइ आग्रह गरेका छन । धार्मिक परम्परा अनुसार उनको शवलाइ अन्तिम संस्कार गरीने श्रोतले बताएको छ । उनका नातेदार इन्द्र बहादुर क्षत्रीले एनआरएन युकेलाइ पत्र लेखि मृतक बरुवालको अन्तिम संस्कारमा सहयोग गर्न आग्रह गरेका हुन । बरुवाल सन् २००९ मा बिद्यार्थीको रुपमा बेलायत आएका थिए ।





















