कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ 'जेनेरेशन टु जेनेरेशन'का साथ बेलायती दर्शक माझ आउने भएका छन ।
बेलायतमा रहेका नेपाली पुस्ताहरुमा अंग्रेजी क्रेज बढिरहेका बेला नेपाली कला, संस्कृतिको जगेर्ना गर्न एवं पुराना गायकका गितहरुको संरक्षण गने अभियानका साथ गायक श्रेष्ठ 'जेनेरेशन टु जेनेरेशन'माफत आउन लागेका हुन ।'जेनेरेशन टु जेनेरेशन'का बारेमा जानकारी दिन गतसाता लण्डनमा आयोजित पत्रकार सम्मेलनमा गायक श्रेष्ठले नयां पिंढीलार्इ नेपाली गित संगितप्रतिको मोह झल्काउन यस अभियान गर्न लागिएको बताए । बेलायतमा धेरै प्रतिभावान युवा कलाकारहरु भएको टिप्पणी गर्दै श्रेष्ठले त्यस्ता प्रतिभाहरुलार्इ पुराना नेपाली गायकहरुको सम्मानमा अग्रसर गराउन अभियान सार्थक हुने विश्वास पनि दिए ।आउंदो अगस्तमा मेइडस्टोन र लण्डन दुइ शो गरीने 'जेनेरेशन टु जेनेरेशन'मा बेलायतका नेपाली युवाहरुमाझ ख्यातीप्राप्त कलाकारहरुले भाग लिने छन । कोरस ब्याण्डको लार्इभ म्युजीकका साथ युवा कलाकारहरु टीना रार्इ, नवीन गुरुङ, सौगात लिम्बु, जरुषा रार्इ, दिपेश लामा, श्रेया रार्इ, शिब्बी पुन श्रेष्ठ, सुविना तामाङ, रोसन थापा र नुसाजन थापाको स्वर रहने गायक श्रेष्ठले बताए । सो अवसरमा नारायण गोपाल, मित्र सेन, अरुणा लामा, अरुण थापा लगायतका गायकहरुको गित गाइनेछ ।युनीको त्रिक्रयसन ग्रुप, नोन मिडिया एण्ड इन्टरटेण्टमेण्ट र वन स्टप प्रोडक्सनले गर्न लागेको 'जेनेरेशन टु जेनेरेशन' बेलायतमै पहिलो कार्यक्रम हो । बेलायतका नयां पुस्तामा नेपाली गित संगितको मोह हराउंदै गइरहेका बेला संस्कृति र एतिहासीक गितहरुको संरक्षण गर्न यस कार्यक्रम सफल हुने विश्वास गरीएको छ ।कार्यक्रम सफल बनाउन नेपाली टिभी, नेपालबि्रटेन डटकम, नेपाली पत्र, एभरेष्ट टाइम्स लगायतका सञ्चार माध्यमहरुले सपोर्ट गरेका छन ।




















