
दाचुलाको ग्वानीमा बस दुर्घटना, आठ जनाको मृत्यु, २७ जना घाइते, पाल्पामा जंगली च्याउ खाएर बिरामी भएका तीन जनाको मृत्यु ।
दाचुलाको ग्वानीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा स्थानीय धवलसिंह धामी, गोपाल सिंह धामी र नेकपा एमाले दाचुलाका जिल्ला सदस्य लक्ष्मीदत्त जोशीको मृत्युभएको हो । अन्य मृतकको सनाखत हुन बाकी छ । घटनास्थलमा सात र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकमध्ये सात पुरुष र १ महिला छन् । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाइ डडेलधुरा लगिएको छ । आज विहान धनगढीबाट दाचुला जादै गरेको ना. ४ ख ६६०८ नम्बरको बस ग्वानी गाविस वडा नम्बर ६ मा दुर्घटना भएको थियो ।



















