
युएइको राजधानी दुबइमा गतसाता खस आर्यहरु संगठित भएका छन ।
दुबइको होटल एभरेष्टमा जम्मा भएका खस तथा आर्यजातीहरुले प्रकाश कोइरालाको संयोजकत्वमा १३ सदस्यिय कार्यसमित समेत गठन गरे । नवगठित तदर्थ समितिको सहसंयोजकमा भुपराज बस्याल, गोपाल कंडेल र भुवानी तिमल्सीना रहेका छन । त्यस्तै सदस्यहरुमा भिमकुमार अधिकारी, नारायण् शर्मा, सृजना गिरी, यादव अर्याल, दीपक शाह, गितामणी पाण्डे, केदारसिंह नेपाली, पिताम्बर पाण्डे र टेकनाथ खनाल चयन भएका छन । तदर्थ समितिले ३ महिनाभित्रमा बृहत भेला आयोजना गरी कार्यसमितलाइ पुर्णता दिइने बताएको छ । युएइमा रहेका नेपालीहरुलार्इ सुखदुखमा साथ दिन तथा अन्य संघ संस्थासंग हातेमालो गरी नेपालीहरुको विकासमा लाग्न समिति गठन भएको संयोजक कोइरालाले बताए । पत्रकार भुपराज बस्यालद्धारा सञ्चालन गरीएको भेलामा चन्द्रप्रकाश सापकोटा, चुडामणी ढकाल, चन्द्र रोकाहा, अर्चना बस्नेत रोकाहा लगायतले मन्तव्य दिएका थिए ।




















