गोर्खा आर्मीका इन्टेक ८५ फाइभ नम्बरीहरुले वाषिक भेटघाट गरेका छन । अल्डरसोटमा गत शनिबार सम्पन्न वाषिक भेटघाटमा ३०० बढि नम्बरीहरुको सहभागिता रहेको थियो ।
राजन कुमार क्षत्रीको अध्यक्षतामा भएको कार्यत्रmममा बेलायती सेनामै कार्यरत नम्बरीहरु मेजर डेनीयल लामा, मेजर नारायण भण्डारी, मेजर राम बहादुर पुन, क्याप्टेन दिवान लिम्बु, मेजर चिन थापा लगायतलार्इ अध्यक्ष राजन कुमार क्षत्रीले खादा लगाइ सम्मान गरेका थिए ।कार्यक्रममा नम्बरी विजय हितान मगर एम एस्सी, विष्णु सुर्यवंशी, अन्जु श्रेष्ठ लगायतले मुत्तक, जोक्स र गित सुनाएर रमाइलो मनाएका थिए ।बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा अग्र भुमिका निर्वाह गरेका नम्बरीहरु मगर संघ युकेका महासचिव समेत रहेका मोना युकेका अध्यक्ष योग कुमार फगामी, धरान समाज युकेका अध्यक्ष राजु लिम्बु, फोटोग्राफर मिलन तमु, एनआरएन युकेका सदस्य इक बहादुर पुनलार्इ पनि सम्मान गरीएको सचिव गोपाल के रार्इले जानकारी दिए ।सोहि कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ नेपाली छात्रछात्रहरु मौषम रार्इ, प्रदित राइ, कादम्बरी रार्इ, रोमी लिम्बु, सृजना पुन, कुमारी फगामी, रजिना क्षत्री, जुलीया गुरुङ, अमुल गुरुङ लगायतलार्इ कदरपत्र प्रदान गरीएको थियो । कार्यक्रमको अन्त्यमा राफल ड्र गरी अन्त्यमा डिजे सहित नाचगान गरीएको थियो ।




















