
युगकवि सिद्धिचरण श्रेष्ठको सम्भनामा अन्तक्रीया । युगकवि सिद्धिचरण श्रेष्ठको सतवाषिकीको अवसरमा साहित्य विकास परिषद् युकेले एक अन्तक्रीया कार्यत्रmमको आयोजना गर्यो ।
परिषद्का अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा आइतबार वेम्ली तन्दुरी रेष्टुरेण्टमा सम्पन्न अन्तक्रिया कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले गरेका थिए । नेपालमा मात्र नभइ नेपाल वाहिर पनि ख्याती कमाएका कवि सिद्धिचरण् श्रेष्ठको फोटोमा माल्र्यपण गर्न वेलायतमा रहेका नेपाली साहित्यकारहरुको बाक्लो सहभागिता रहेको थियो ।कार्यत्रmममा प्रमुख अतिथि राजदुत डा सुरेशचन्द्र चालीसेले परिषद् नेपाली साहित्यको विकासमा डटेर लागेकोप्रति खुशी व्यत्त गरे । उनले नेपाली कला र संस्कतिको जगेर्ना गर्नु हामी सबै नेपालीहरुको कर्तव्य र दायित्व भएको बताए ।एनआरएन युकेका अध्यक्ष कुल आचार्यले नेपाली साहित्य विकास परिषदको नयां नेतृत्वसंग एनआरएनले धेरै अपेक्षा गरेको बताए । उनले एनआरएन नेपालमा लगानीको वातावरण बनाउन लागिपरेको बताउंदै त्यसमा प्रवासी नेपालीहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।महासचिव डा. सुधा श्रेष्ठद्धारा सञ्चालन गरीएको कार्यक्रममा कवयित्री शुशिला कार्कीले स्वागत मन्तव्य दिएकी थिइन ।कार्यक्रममाथि प्रकाश पार्दै परिषद्का संस्थापक सुरेशजंग शाहले समाजको चिरफार गर्दै धारा प्रवाह कविता लेख्ने कवि सिद्धिचरण आफैमा महान कवि भएको बताए ।सो परिषद्का पुर्व अध्यक्ष कोसेलीका मदन थापा, परिषद्का उपाध्यक्ष ध्रुब केसी, नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्षा राइ, अन्तराष्टि्रय साहित्यिक समाजका होम परिवाग, यति नेपाली समाजका उमेश मोत्तन लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको अन्त्यमा सहभागि भएका साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाहरु सुनाएका थिए ।




















