
विदेशीको दबाबमा अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराइले संविधानसभा विघटन गरेको माओवादी सचिव गजुरेलको आरोप, माओवादी टुक्री सकेको जिकिर ।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भारतको दबाबमा सविधान सभा विघटन भएको आरोप लगाउनुभएको छ । भत्तmपुरमा हिजो भएको कार्यत्रmममा गजुरेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले भारतको बुर्इ चढेर सुनियोजित रूपमा सविधानसभा विघटन गरेको आरोप लगाउनुभयो । उहाले सविधानसभा असफल भइसकेको अवस्थामा फेरि सविधानसभाकै चुनाव हुन नसक्ने जिकिर गनर्ुभयो । नेता गजुरेलले जबर्जस्ती गराइने चुनाव ज्ञानेन्द्र शाहले गराएको नगर चुनाव जस्तै हुने टिप्पणी गर्नुभयो । उहाले प्रधानमन्त्रीलार्इ तत्काल बर्खास्त नगरिए मुलुक गम्भीर संकटमा पर्नेसमेत चेतावनी दिनुभयो ।



















