
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्रसंघको ६७ औ साधारण सभामा नेपालले उठाउने एजेण्डाबारे जानकारी दिनु भएको छ ।
काठमाडौमा आज परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालले संयुक्त राष्ट्रसंघको साधारण सभामा परराष्ट नीति, सुरक्षा नीति, मानवअधिकारको अवस्था, कानुनी राज्यको अवस्था, भोकमरी, दिगो विकास, र उर्जा प्रबर्द्धन लगायतका विषयमा स्पष्ट धारणा राख्ने पनि बताउनुभयो । मन्त्री श्रेष्ठले नेपालको शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा अन्तर्राष्टि्रय चासो बढेको भन्दै यसबारेका समस्या र आगामी उपलब्धिका बारेमा पनि अन्तराष्टि्रय स्तरमै स्पष्ट पार्ने बताउनुभयो । उहाले विकसित राष्ट्रका गतिबिधिबाट विकासोन्मुख राष्ट्रमा पुगेको असर र ती राष्ट्रले खेल्नुपर्ने भूमिकाका बारेमा पनि नेपाल स्पष्ट रुपमा प्रस्तुत हुने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल विश्वभर शान्ति र स्थायित्व कायम होस् भन्ने पक्षमा रहेको भन्दै प्यालेस्टाइन, सिरिया लगायतका देशमा भएको दन्द त्यहाका जनताको स्वतन्त्र र स्वाधिन रहन पाउने अधिकारका आधारमा समाधान हुनुपर्ने विषयमा पनि कुरा उठाउने बताउनुभयो । कार्यक्रममा पूर्व परराष्ट्रसचिव तथा राष्ट्रसङघका स्थायी प्रतिनिधि मधुरमणँ आचार्यले यस पटकको महासभामा १ सय ६७ वटा विषयमा छलफल हुने विषय तयार रहेको जानकारी दिदै नेपालले जलवायु पविर्तनको असरबाट उब्जिएका समस्यालाइ प्रमुखताका साथ उठाउनुपर्ने बताउनुभएको थियो । प्रतिष्ठानका कार्यकारी निदरेशक डाक्टर ऋषिराज अधिकारीले महासभामा नेपालका तफबाट राखिनु पर्ने विषय वस्तुलाइ समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । संयुक्त राष्ट्र संघको ६७ औ साधारण सभामा भाग लिन नेपालको प्रतिनिधि मण्डल यही असोज ६ गते अमेरिका जादै छ ।





















