
क्षोत्रीय अन्तर्राष्टि्रय विमानस्थल निर्माणका लागि सरकारलाइ दवाव दिन पोखरेलीहरुहरूको आन्दोलन जारी, गण्डकी र धौलागिरीका सरकारी कार्यालयमा कामकाज ठप्प ।
पोखरेलीहरुले पोखरा क्षोत्रीय अन्तर्राष्टि्रय विमानस्थल निर्माणका लागि सरकारलाइ दवाव दिन गण्डकी र धौलागिरीका क्षोत्रिय प्रशासन कार्यालय अगाडि नारा वाजी र धर्ना गरेका छन् । पोखरेलीहरूको धर्नाका कारण त्यस क्षोत्रका सवै सरकारी कार्यालयमा काम काज ठप्प भएको छ । उनीहरुले आज बिहानै क्षोत्रीय प्रशासन कार्यालयको मुल गेटमा जम्मा भएर धर्ना दिएका हुन् । प्रशासन कार्यलय सगै अन्य सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयमा पनि काज काज ठप्प पारेको सरोकार समितिले जनाएको छ । कास्की बाहेकका अन्य जिल्लामा गठन भएका विमानस्थल निर्माण सरोकार समितिको अगुवाइमा सरकारी कार्यालयमा धर्ना दिएर काम काज ठप्प पारिएको बताइएको छ । विमानस्थल सरोकार समितिको अगुवाइमा पोखरेलीहरुले सरकारी कार्यालय अन्तर्गत शिक्षा, वन, हुलाक, पोखरा उपमहानगरपालिका, यातायात, साल्ट टे्रडिङ, कृषि सामग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षोत्रीय शिक्षा निदरेशनालय, विद्युत, लगायतका सरकारी कार्यालयको गेटमा नारावाजी सहित दिनभर धर्ना दिने जनाएको छ । आन्दोलनका क्रममा सुरक्षा निकाय, अस्पताल, जिल्ला प्रशासन, अदालत, बैंक तथा वित्तयि संस्थाहरुमा भने अवरोध नगर्ने समितिले जनाएको छ ।




















