
आज कृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको भीड, पाटनमा विशेष मेला ।
आज कृष्ण जन्माष्टमी । मुलुकका विभिन्न कृष्ण मन्दिरमा पूजा आराधना गरिदैछ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले विभिन्न मठ मन्दिरमा पुजा आराधना गरिरहेका छन् । धर्मग्रन्थमा दापर युगको अन्त्यतिर मथुरामा भदौ कृष्ण अष्टमीका दिन भगवान श्रीकृष्णको जन्म भएको उल्लेख छ । आज विहानैदेखि पाटनको कृष्ण मन्दिरलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । पूजा तथा भगवान श्रीकृष्णको आराधना गर्ने क्रम आज राति १२ बजेसम्म जारी रहने छ । यसैबीच, आज विहान राष्ट्रपति डाक्टर रामवरण यादवले पाटनस्थित कृष्ण मन्दिरमा पुजा आराधना गर्नुभएको छ ।




















