
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले राजनीतिक संकट समाधानका लागि संविधान सभाको पुनस्र्थापना वा चुनाव बाहेक अरू
विकल्प नभएको बताउनुभएको छ । एकीकृत नेकपा माओवादीको अवध राज्य समितिका वरिष्ठ सदस्य स्वर्गीय कलाधर न्यौपानेको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन आज बुटबल पुग्नुभएका प्रधानमन्त्री भट्टराइले कांग्रेस र एमाले गम्भीर नदेखिएकाले गतिरोध लम्बिएको आरोप लगाउनुभयो । उहाले दुइ विकल्प बाहेक अन्य विकल्पबाट संकट समाधान हुन नसक्ने भन्दै विपक्षीहरूलाइ सहमतिमा आउन आग्रह पनि गनुभयो । प्रधानमन्त्री भट्टराइले कांग्रेस(एमालेले सहमति गर्न नखोजी सरकार मात्र खोजेकाले मुलुकले निकास पाउन नसकेको आरोप लगाउनुभयो ।




















