
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बंगलादेश भ्रमणमा, जनविकास तथा सशक्तीकरण सम्बन्धि अन्तर्राष्टि्रय सम्मेलनमा भाग लिने कार्यक्रम ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बंगलादेश भ्रमणमा जानुभएको छ । ढाकामा हुन लागेको जनविकास तथा सशक्तीकरण सम्बन्धि अन्तर्राष्टि्रय सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै श्रेष्ठ त्यसतर्फ जानुभएको हो । भ्रमणमा जानेक्रममा त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा पत्रकारसगको कुरा गर्दै श्रेष्ठले सम्मेलनमा प्रजातन्त्र, विकास र सशक्तीकरण सम्बन्धि विषय प्राथमिकताका साथ उठाउने जानकारी दिनुभयो । उहाले शान्तिपकृया सम्बन्धि नेपालको अनुभव पनि सम्मेलनमा आदानप्रदान गर्ने जानकारी दिनुभयो । सम्मेलन श्रावण २५ र २६ गते दुइ दिन चल्नेछ ।




















