
वर्तमान सरकारसग कुनै पनि प्रकारको वार्ता नगर्ने नेता ओलीको भनाइ ।
नेकपा एमालेका नेता केपी ओलीले सरकारसग कुनै पनि प्रकारको वार्ता नगर्ने स्पष्ट पार्नुभएको छ । भारतमा उपचार गराइ आज स्वदेश फर्किनुभएका ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसग कुरा गर्दै चुनावका लागि सहमति जुटाउन सरकारले गठन गरेको वार्ता टोलीसग कुनै वार्ता नगर्ने बताउनुभएको हो । तानाशाहहरूले सुरूमा यस्तै वार्ताको नाटक नगर्ने गरेको विश्व इतिहास रहेको भन्दै उहाले यो वार्ता टोली पनि यसकै नमुना भएको टिप्पणी गर्नुभयो । नेता ओलीले भारतीय नेताहरूले शान्ति र लोकतन्त्रका लागि नेपालमा हुने कुनै पनि आन्दोलनलाई सर्मथन रहने बताएको जानकारी दिनुभयो । उहाले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको गतिविधिले भारतीय नेताहरू पनि लाज मानेको बताउनुभयो । नेता ओलीले भारतीय नेताहरूसगको भेटमा आफूले सहमतीय सरकार गठन गरी नया जनादेशमा जानुको विकल्प नरहेको बताएको पनि जानकारी दिनुभयो । ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, कंग्रेस आइका महासचिव जर्नादन दिवेदी र विपक्षी दलका नेताहरूसग भेटवार्ता गर्नुभएको थियो । उहा दुइ साताअघि भारत जानुभएको थियो ।




















