
गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, खोलाले बगाएर बाजुरामा दुइ जनाको ज्यान गयो ।
गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । ठूलो लुम्पेक गाविस वडा नंम्बर २ का धनश्याम विकको घर पहिरोले पुरिदा उनकी श्रीमती ३९ वष्रीया भवी विक, १३ वष्रीय छोरा उमेश विक, छोरीहरू ११ वष्रीया मुना र ६ वष्रीया विपनाको मृत्यु भएको हो । पहिरोमा परेका बाबु धनश्याम र छोरा केशव विकलाई भने घाइते अबस्थामा उद्धार गरिएको गुल्मी प्रहरीले जनाएको छ । गए राति देखि परेको अविरल बर्षाका कारण आएको पहिरोले विक परिवारको घर पुरिएको थियो । यता, बाजुराको बड्डीगाड खोलामा बगाउदा दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँधु, १ पाडी घर भइ कोल्टीमा व्यापार गर्दै आएका ४० वष्रीय दलचन्द्र साँउद र ३५ वष्रीय प्रेमलाल साँउद रहेका छन । उनीहरूलाई बष्राको बाढीले बगाएर ल्याएको दाउरा उतार्दै गरेको समयमा खोलाले बगाएको बाजुरा प्रहरीले जनाएको छ ।




















