
आज गाइजात्रा, वर्षभरि मृत्यु भएकाको सम्झना गर्दै गाइजात्रा मनाइदै, सामाजिक विकृतिविरुद्ध कलाकारबाट पनि व्यंग्य प्रदर्शन गरिदै ।
आज भाद्र कृष्ण पक्षको प्रतिपदा । काठमाडौ उपत्यका लगायत देशभर गाइजात्रा पर्व मनाइदै छन् । आफ्ना दिवंगत आफन्तको सम्झनामा गाइजात्रा मनाइने गरिन्छ । ऐतिहासिक प्रमाणअनुसार राजा प्रताप मल्लले आफ्ना छोराको मृत्युमा शोकमा भावविह्वल रानीको चित्त बुझाउन यो परम्परा बसालेका हुन् । गाइजात्राका अवसरमा प्रत्येक मृतक परिवारका घरबाट एकएक वटा गाइलाइ नगर परिक्रमा गराउने परम्परा रहेपनि आजभोलि भने गाइको मुकुण्डो मात्र लगाएर नगर परिक्रमा गरिन्छ । गाइ, जोगी लगायतका रूप धारण गर्दै नगर परिक्रमा गराएमा मृतात्माका लागि यमलोकमा ढोका खुल्ने र आत्माले पनि मुक्ती पाउने विश्वास रहेको छ । यही परम्पराअनुसार आजका दिन गौदान गर्ने परम्परा पनि छ ।




















