
यस वर्षको एसएलसीको नतिजा सार्वजनिक, उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा झण्डै नौ प्रतिशतले घट्यो ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसीको परीक्षाफल सार्वजनिक गरेको छ । नियमिततफ ४७ दशमलव १६ प्रतिशत अर्थात् १ लाख ९७ हजार ६ सय ३८ र आंशिकतफ १० हजार ५ सय ४९ उत्तीर्ण भएका छन् । गत वर्ष भन्दा यस वर्ष उत्तणिर प्रतिशत झण्डै नौ प्रतिशतले घटेको छ ।




















