
नेपाली प्याराओलम्पीयनहरुलाइ स्वागत तथा आर्थिक सहयोगनेपालबाट प्यारा ओलम्पीक्समा भाग लिन आएका खेलाडी तथा
प्रतिनिधिहरुलाइ सो एसिया रेष्टुरेण्ट तथा नेटफक्स लिमिटेडले गतसाता स्वागत तथा आर्थिक सहयोग गरेका छन । सो एसिया क्याबर्ली र नेटफक्स लिमिटेडले संयुत्त रुपमा गरेको कार्यक्रमको सञ्चालन सो एसियाका प्रबन्धक रमेश साराÍकोटीले गरेका थिए । कार्यक्रममा नेपालबाट प्याराओलम्पीकमा सहभागी हुन आएका खेलाडी, प्रतिनिधिहरु तथा बेलायतमा बसोबास गरेका नेपालीहरुको बाक्लो सहभागीता थियो । कार्यक्रममा एन आर एन युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घले, निवर्तमान अध्यक्ष सूर्य गुरुङ, मगर संग युके तथा एभरेष्ट टाइम्सका अध्यक्ष मेजर रिटायर्ड कुल बहादुर थापा, रेडीयो बीजीडब्लुएसका मेजर रिटायर्ड सोनाम शेर्पा तथा प्रमिला राइ, क्याम्बर्ली नेपाली समाजका मेजर रिटायर्ड बलराम घले, नेपाली बुद्धिष्ट समाजका काजी शेर्पा, एभरेष्ट टाइम्सका मिलन ज्ञवाली, सो एसियाका ज्ञान केसी तथा विक्रम जोशी लगायत उपस्थित थिए । नेपालबाट आएका खेलाडी तथा प्रतिनीधीहरुलाइ मेजर रिटायर्ड डमर घले, मेजर रिटायर्ड कुल बहादुर थापा, मिलन ज्ञवाली, मेजर रिटायर्ड सोनाम शेर्पा र काजी शेर्पाले बेलायतमा स्वागत गरेका थिए ।खेलाडीहरुको तफबाट बिक्रम बहादुर राना र मैयां बिसंखेले आफ्नो अनुभव बताएका थिए । खेलाडीहरुलाइ नेटफक्स लिमिटेड तथा सो एसियाले ५०० पाउण्ड सहयोग गरेका थिए ।




















