दीपक पौडेल/दोहा : प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले बैदेशिक रोजगारलाइ सरकारले उच्च महत्व दिने बताएका छन् ।
इरान भ्रमणको क्रममा दोहा ट्रान्जिटमा छोरीसहित पुगेका उनले नेपाली दुतावासमा कतारवासी नेपालीसंग कुराकानी गर्दै सो प्रतिबद्धता जनाएका हुन् । मुलुकको बर्तमान आवश्यकता राजनीतिक निकास भएपनि अव सवै नेपालीका मुद्दामा ध्यान दिने उनले बताए । बैदेशिक रोजगार बाध्यात्मक रहेको बताउंदै उनले यसलाइ निरन्तरता दिने सरकारी नीति नभएको बताए । बैदेशिक रोजगारका समस्याको स्थायी समाधान देशको आर्थिक विकास भएकोले त्यसका लागि समय लाग्ने उनको भनाइ थियो । महिनाभित्र देशमा सहमतिको वातावरण बन्ने र धेरै राम्रा दिनहरु आउने उनले बताए । आफ्नो सरकार सफल रहेको दावीसहित नाम सम्मेलनमा नेपालका एजेण्डाहरूमाथि पनि प्रधानमन्त्रीले कतारवासीलाइ जानकारी दिएका थिए । प्रधानमन्त्रीसमक्ष कतारस्थित नेपाली समुदायका प्रतिनिधिहरूले विभिन्न सुझावहरूसहित आफ्ना धारणा प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागीहरू अमृत गुरुङ, शिखर बैद्य, नरेन्द्र भाट लगायतले प्रधानमन्त्रीसमक्ष जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए । सो अवसरमा राजदुत डा. माया कुमारी शर्माले अन्तकृयाको संचालन गर्दै दुतावासका गतिविधि र भौतिक अवस्थाका वारेमा सम्बोधन गरेकी थिइन । कार्यक्रममा दुतावासका बरिष्ठ अधिकारीहरू समेतको सहभागिता थियो । यसअघि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि कतारवासी नेपालीसंग अन्तकृया गर्दै बैदेशिक रोजगारको क्षत्रमा सकारात्मक परिणामको अनुभुति छिट्टै गर्न पाइने आश्वासन दिलाएका थिए ।




















