
फार्नबरो : पर्वत वेलफेयर सोसाइटी युकेको बाषिक भेलाले पुन रस बहादुर गुरुङको अध्यक्षतामा नयां कार्यसमित चयन गरेको छ ।
आइतबार फार्नबरोमा सम्पन्न भेलाले २ बर्ष कार्यकालको लागि गुरुङलाइ पुन अध्यक्षमा चुनेको हो । नयां कार्यसमितिको उपाध्यक्षद्धयमा ले. चन्द्र बहादुर गुरुङ र गोविन्द गुरुङ, महासचिवमा दधि आचार्य, सचिवमा दुर्गा गुरुङ र कोषाध्यक्षमा दिपक जोशी निर्वाचित भएका छन । पर्वत जिल्लाका ५४ गाविसबाट बनेका सात भोगिय संस्थाहरुको ३/३ जना प्रतिनिधित्व हुने गरी सदस्यहरुको चयन गरीने समाजका अगुवा ज्ञाम गुरुङले बताए ।पर्वतबासीहरुको बाक्लो सहभागीता रहेको भेलालाइ सम्बोधन गर्दै अध्यक्ष गुरुङले समाजले पर्वत जिल्लावासीको चिनारी जिवित राख्न आफुलाइ पुन जिम्मा दिएकोमा आभार प्रकट गरे ।भेलामा एनआरएन आइसीसीका उपाध्यक्ष क्या. हितमान गुरुङ, प्रबत्ता डा हेमराज शर्मा, एनआरएनए युकेका अध्यक्ष कृुल आचार्य, बिसीसी युकेका उपाध्यक्ष ले. नारायण प्रसाद गुरुङ, संस्थाकप अध्यक्ष हितकाजी गुरुङ, थर्क राना लगायत संस्थाका सल्लाहकार एवं विभिन्न संघ संगठनका पदाधिकारीहरुको सहभागीता थियो ।कार्यक्रममा लोक गायक सिता गुरुङले दोहोरी गित गायकी थिइन । एनआरएन युकेका अध्यक्ष कुल आचार्य, नवनिर्वाचित महासचिव दधि आचार्य, वार्इविसी क्याटरीङ सर्भिस, क्यापिटक कार, इसोलका हरी कुमार (काजी) गुरुङ, मधुकर गुरुङ, मिलन ज्ञवाली, अध्यक्ष गुरुङ, एभरेष्ट टाइम्स लगायतले कार्यक्रममा सहयोग गरेका थिए ।सो अवसरमा मनोरञ्जनका लागि राफल ड्र गराइएको थियो ।



















