
नेपालमा पर्यटन विकास गर्न आयरल्यण्डको डब्लिनमा 'एक्स्प्लोर नेपाल' लेखिएका ब्यानरहरु यहांस्थित बसहरुमा राखिएको छ ।
गतसाता डब्लिनमा भएको सो अभियानमा आयरल्याण्डका लागि नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसेले शुभकामना सन्देश पठाएका थिए । यसअघि बेलायतमा पनि पर्यटन प्रर्बद्धन गर्न लण्डनका बसहरुमा नेचुरल्ली नेपाल लेखिएका ब्यानर राखिएको थियो । यसै कार्यको निरन्तराता स्वरुप आयरल्याण्डमा पनि यसको शुरुवात गरीएको राजदुतले सन्देशमा उल्लेख गरेका थिए । सो अवसरमा बोल्दै नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्यले आइरीश पर्यटहरुलार्इ नेपाल घुम्न यसले थप प्रेरीत गने बताए । यस्तै सोसाइटीका महासचिव गंगाराम कंडेलले आयरल्याण्डवासी नेपालीहरुले अभियानमा पुर्याएको सहयोगको सह्राना गर्दै भविश्यमा थप कार्यक्रम गर्न प्रेरणा मिलेको उल्लेख गरे । नेपाली दुतावास लण्डन र नेपाल पर्यटन बोर्डको संयुत्त आयोजनामा भएको सो कार्यक्रम नेपाल आयरल्याण्ड सोसाइटीले सहयोग गरेको थियो । कार्यक्रमबाट नेपाललाइ आयरल्याण्डमा चिनाउन तथा यसले विश्वमा पनि सकारात्मक सन्देश दिने आयोजकले अपेक्षा गरेका छन । गतबर्ष पनि नेपाली दुतावास, पर्यटन विकास बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुत्त प्रयासमा नेपाल पर्यटन बर्ष २०११ सफल भएको थियो । गत बर्षको कार्यक्रममा डब्लिनका मेयर लगायत एशियन देशका राजदुतहरु सहभागी थिए ।



















