
गुल्मी जिल्ला समाज युकेको संयोजन बैठक गतसाता फार्नबरोस्थित गोर्खा भवनमा बस्यो ।
समाजका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा बसेको बैठकमा समाजका पदाधिकारीहरु सहभागी थिए ।समाजले आगामी साता गर्न लागेको समर बिबिक्यु पार्टीको तयारीका लागि बसेको बैठकमा सचिव विनोद ज्ञवालीले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराए । सो अवसरमा उपाध्यक्ष मोती भण्डारीले सहभागीहरुलाइ स्वागत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष दुर्गा पाण्डेले गुल्मी जिल्लास्थित आशा अपाङ्ग केन्द्रले आयोजना गरेको स्वागत कार्यक्रमबारे जानकारी दिएका थिए । त्यस्तै कोषाध्यक्ष बिन प्रसाद भुजेलले आयव्यय प्रश्तुत गरेका थिए ।बैठकमा समाजका महासचिव अजुन गौतमले आजीवन सदस्यहरुको बारेमा बि्रफिङ भएको सहभागि मिडिया सचिव शिव भण्डारीले जानकारी दिए । भण्डारीले समाजले विभिन्न चरणमा गरेका विज्ञापनहरुको फेहरिस्त पनि दिएका थिए ।बैठकमा रभि गुरुङ, राजन खरेल झपट भुजेल लगायत सहभागी थिए ।




















