
रक्षा बन्धन गर्न बेलायतस्थित पशुपति मन्दिरमा घुइंचो
लण्डन । हिन्दु जातिहरुको पर्व रक्षा बन्धन (जनै पुणिमा) बेलायतका विभिन्न स्थानमा बस्ने नेपालीहरुले बिशेष रुपमा मनाएका छन । जनै पुणिमाको दिन विहानै बेलायतस्थित विभिन्न मन्दिरहरुमा भेला भएका नेपालीहरुले ब्राम्हणहरुबाट रक्षा बन्धन तथा जनै ग्रहण गरेका थिए । रक्षा बन्धनको अवसरमा साउथ इष्ट लण्डनस्थित प्लमस्टेडमा रहेको पशुपतिनाथ मन्दिरमा नेपालीहरुको बाक्लो सहभागीता रह्यो । जनै पुणिमाको अवसर पारी बिहिबार विहानै भेला भएका नेपालीहरुले ब्राम्हणहरुबाट जनै, रक्षा बन्धन, टिका तथा प्रसाद ग्रहण गरी जनै पुणिमा मनाए । केहि बर्ष् अघि स्थापना भएको मन्दिरमा बेलायतका विभिन्न स्थानबाट नेपालीहरुको सहभागी थिए । ब्राम्हणहरु पण्डित निलहरी घिमिरे, कमल लुइटेल र हरी ज्ञवालीबाट सहभागी भक्तजनहरुले आर्शिबाद थापेका थिए । ब्राम्हणहरुलाइ मन्दिर निर्माण कमिटिका सदस्य विनोद ज्ञवालीले बिशेष सहयोग गरेका थिए । जनै पुणिमाको अवसरमा शुभकामना दिंदै मन्दिर निर्माण कमिटिका अध्यक्ष होम शर्माले नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्न रक्षा बन्धन गरीएको बताए । उनले विहानैदेखि भेला भएका ब्राम्हणहरुले श्रद्धालु भक्तजनहरुलाइ आर्शिवाद दिएको जानकारी दिए । बिशेष रुपमा हिन्दुहरुको चाड भएपनि जनै पुणिमा सफल पार्न विभिन्न जात जातीका नेपालीहरुको सहभागिता रहेको उनले बताए ।



















