
इराकको राजधानी बग्दादमा बम विष्फोट, १३ जनाको मृत्यु, ३० जना घाइते ।
इराकको राजधानी बग्दादमा भएको कार बम विष्फोटमा १३ जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । राजधानी बग्दादको मध्य क्षेत्रमा दुइ वटा कार बम विष्फोट भएको अधिकारीहरूले जनाएका छन् । इराकमा सन् २००८ पछि हिंसाका घटनामा कमी आएपनि राजधानी बग्दादमा पछिल्लो समयमा भने विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् ।




















