
दोहा– कतारमा रहेका नेपाली कामदारको अवस्था अध्ययनका लागि कतार आएको टोली नेपाल फर्किएको छ ।
गत साता कतारको श्रम वजारमा आउन चाहने नेपाली कामदारका लागि आवश्यक तालिम तथा अभिमुखिकरणका विषयमा अध्ययन गरी सो टोली नेपाल फर्किएको हो । श्रम बजार अवलोकन भ्रमणमा रहेको सो टोलीमा प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्का उपाध्यक्ष डा. गोपाल खनाल, अर्थ मन्त्रालयका उपसचिव देवी प्रसाद शर्मा, राष्टि्रय योजना आयोगको सचिवालयका कार्यत्रmम निदेशक सञ्जय कुमार खनाल र महालेखा परिक्ष्ाकको कार्यालयका निदेशक पदमराज पौडेल रहेका थिए ।सो टोलीले गत साता नेपाली दुतावासमा नेपाली समुदायका केहि पदाधिकारीहरूसंग अन्तकृया समेत गरेको थियो । दुतावासमा भएको अन्तत्रिर्mयामा राजदुत, श्रमसहचारी लगायत दुतावासका पदाधिकारीहरू, रोजगारसम्बå पदाधिकारीहरू, गैर आवासीय नेपाली संघका प्रतिनिधीहरू, बैदेशिक रोजगारआवå संस्थाका पदाधिकारीहरू लगायत सहभागी थिए । दुतावासमा भएको छलफलमा टोलीका प्रतिनिधिहरुले भेटघाट र छलफलले आफुहरुलार्इ धेरै विषयबस्तुको ज्ञान दिलाएको बताए । बैदेशिक रोजगारीका लागि खाडीमा आउने नेपालीलार्इ आवश्यक अभिमुखिकरण र सिपमुलक तालिमको वारेमा यो स्थलगत अनुसन्धानले फाइदा पुगेको उनीहरुको भनार्इ थियो ।


















