
नेपालका ख्यातीप्राप्त लोकगायक बदि्र पंगेनीले बेल्जियमस्थित नेपालीहरुलाइ लोक दोहोरीमा छमछमी नचाएका छन ।
युरोपको सांगितिक यात्रामा बेल्जियम आएका गायक पंगेनीले गतसाता लुभेनस्थित एभरेष्ट बेस क्याम्प रेष्टुरेण्टमा आयोजित कार्यत्रmममा सहभागिहरुलार्इ नचाएका हुन । इन्द्र धनुष क्लवकी अध्यक्ष अनन्त गुरुङको संयोजमा सम्पन कार्यक्रममा गायक पंगेनीले आफ्ना नयां तथा पुराना दोहोरी गित गाएका थिए । सो अवसरमा गायक पंगेनीलार्इ स्थानीय दोहोरी गायीका लालमती गुरुङ र आस्था हमालले साथ दिएका थिए । कार्यत्रmममा गायक पंगेनीले युरोपीयन भन्दा नेपाली कलाकारहरुको आवस्था भिन्न रहेको बताएका थिए । युरोपमा दर्शकले कलाकारलार्इ कुर्दछन तर नेपालमा कलाकारले दर्शक कुर्नुपर्ने अवस्था रहेको उनले बताए । सिता साकोटाद्धारा सञ्चालीत दोहोरी सांभmमा लुभेन वरपरबाट दर्जनौ दर्शकहरु सहभागि भएका थिए ।




















