फ्रिम्ली । मगर संघ बेलायतको आयोजनामा शहिद लखन थापा कप फुटवल टुर्नामेन्ट गत शनिवार फ्रिम्ली लज पार्कको खुला मैदानमा सम्पन्न भएको छ । नेपालका प्रथम शहिद लखन थापा मगरलाई आधिकारिक रुपमा शहिदको सम्मान नदिएकाले बेलायत मगर संघले उनको सम्झना स्वरुप नेपाल सरकारलाई दबाब दिनको फुटबल खेल खेलाएको हो । संघको १० शाखा मध्ये ९ वटाले भाग लिएको खेलमा अण्डर १२, अण्डर १६, म’ख्य टिम र भेटेरान ५२ टिमले भाग लिएका थिए ।
शहिद लखन थापाको श्रद्धाले पानी झरी केही भनेन.....।
फ्रिम्ली । मगर संघ बेलायतको आयोजनामा शहिद लखन थापा कप फुटवल टुर्नामेन्ट गत शनिवार फ्रिम्ली लज पार्कको खुला मैदानमा सम्पन्न भएको छ । नेपालका प्रथम शहिद लखन थापा मगरलाई आधिकारिक रुपमा शहिदको सम्मान नदिएकाले बेलायत मगर संघले उनको सम्झना स्वरुप नेपाल सरकारलाई दबाब दिनको फुटबल खेल खेलाएको हो । संघको १० शाखा मध्ये ९ वटाले भाग लिएको खेलमा अण्डर १२, अण्डर १६, म’ख्य टिम र भेटेरान ५२ टिमले भाग लिएका थिए ।
छैटो लखन थापा कप फुटबल आयोजकमा मे.रि. कृष्ण कुमार आले, महासचिव योगकुमार फागामी, खेलप्रेमी रुक आले, रमेश राना थिए भने एडमीनतर्फको सबै कामको जिम्मा वरिष्ठ उपाध्यक्ष दुत पुन, कोषाध्यक्षद्वय दलमान पुन र टंक मगरले गरेका थिए । खेललाई अनुशासित एंव मर्यादित गर्न त्यहां रहेको ६ वटा खेल मैदानलाई मगर संघका शाखाहरुले १÷१ वटा जिम्मा लिएका थिए । खेल अवधिभर त्यहां आवश्यक पर्ने सबै कुराहरुको जिम्मा शाखा समितिले लिएको कारण अत्यन्तै व्यवस्थित रहेको थियो । लखन थापाप्रतिको श्रद्धा र आफ्नो इष्टमित्र एंव साथीभाइ दिदीबहिनीहरुलाई भेटघाट गर्न दर्शकको रुपमा बेलायतको ब्रेकन, स्विन्डन, रेडिङ, लण्डन, मेडिस्टोन, केन्ट, इसेक्स, केन्टवरी आदिबाट निकै ठूलो संख्यामा दर्शकहरु आएको थियो । खेल मैदानलाई सुरक्षाका दृष्टिकोणले प्रहरी, एम्बुलेन्सको पनि उपस्थिति थियो भने खानपिन व्यवस्थापनका लागि व्यापारीहरु तथा सहयोगको निम्ति मगर महिला संघ, युवा संघ र केन्द्रका सबै पदाधिकारीहरु पर्यवेक्षेकका रुपमा काम गरिदिएको कुरा खेलकुद सचिव तोप थापा मगरले बताएका छन् ।
अण्डर १२, अण्डर १६, मुख्य समूह, र भेटरेन गरी ५२ समूहले भागलिएकोमा अण्डर १२ बर्ष समूहबाट फिचर स्टार रश्मुर टीम फानवरो प्रथम भएको छ भने दोस्रो स्थान नेपाली किड्स अल्डरसटले हात पारेको थियो । उक्त समूहको खेलमा मेन अफ द म्याच राजु रानाका छोरा लियो राना घोषित भै पदक हात पारेका थिए । अण्डर १६ बर्ष समूहबाट स्वीन्डन तारालाई हराउदै फोक्सटन नेपाली समूह बिजेता बन्ने मौका पायो । उक्त समूहबाट सुदीप पुन, वेष्ट प्लेयर घोषित भएका थिए । त्यस्तै भेटरेनतर्फ समूहबाट मगर संघका खेलाडिले किरांत याक्थुङ्ग चुम्लुङ्गलाई हराउदै यस बर्षको बिजेता बनेको छ । उक्त समूहबाट मेन अफ द म्याच तनहु“का रुक आले मगर घोषित भएका थिए । २० बर्ष देखि ३० बर्ष सम्मको आर्कषक उमेर मानिने फुटवल चलनमा अत्याधिक चर्चामा रहेको मुख्य समूहबाट मगर संघ युवा रश्मुर शाखाले मंगोलियन भाञ्जा समूहलाई हराउदै बिजेता बनेको छ । उक्त समूहबाट नर राना वेष्ट प्लेयर बनेका थिए ।
सबै समूहको विजेताहरुलाई संयोजक सदस्य मे.रि. कृष्ण कुमार आले, एनआरएनको अध्यक्ष कुल आचार्य तथा मे.रि.कुल थापा मगरले प्रथम तथा द्धितिय हुने समूहलाई ट्रफि तथा नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा तमुधिं यूके, रेडिङ्ग नेपाली समाज, फोटोपत्रकार मिलन तमु, नेपाली टिभी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष मे.रि. कुल थापाले शहिद लखन थापालाई राज्यले स–सम्मान सहित प्रथम शहिदको सांचो सम्मान गर्नुपर्ने बताउदै प्रतियोगितामा भागलिनु हुने सबै खेलप्रेमीहरु दर्शकहरु लगायत मगर संघ केन्द्रिय समितिका पदाधिकारीहरु, शाखा समितिका सम्पूर्ण पदाधिकारीहरु, महिला तथा युवा संघका पदाधिकारीहरुलाई धन्यवाद दिदै अर्को साल भेटहुने वाचा सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए । संघको बार्षिक कार्यक्रम अन्र्तगतको दोस्रो बुद्धपूर्णिमा तथा चण्डीपूर्णिमा आगामी जुनको पहिलो हप्ता विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने जानकारी मे.रि. थापाले गराएका थिए ।































