माओवादीले सत्ता कव्जा गर्न खोजेको
प्रधानमन्त्री माधवकुमार नेपालले लडाकुलाई प्रयोग गरेर माओवादी सत्ता कव्जा गर्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । काठमाडौंको गोठाटारमा शनिवार आयोजित मदन आश्रति स्मृति सम्बन्धी एक कार्यक्रममा उहाँले माओवादीका लडाकुलाई मिसाएर नेपाली सेनालाई बिगार्ने माओवादीको नियत रहेको समेत दावी गर्नुभयो । माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री नेपालले माओवादी लडाकुहरुको हतियार टुंगो नलागेसम्म नयाँ संविधान पनि नबन्ने स्पष्ट पार्नुभयो ।
आफ्नो राजिनामापछि सबै समस्याको समाधान हुन्छ भन्ने माओवादीले दर्ुइ महिनासम्म पनि निकास निकाल्न नसकेको भन्दै उहाँले माओवादी आफ्नै जिद्धिका कारण दलदलमा फसकेको बताउनुभयो । संविधान निर्माण र शान्ति प्रक्रियामा भइरहेको ढिलाइमा पनि माओवादीनै जिम्मेवार रहेको आरोप लगाउँदै प्रधानमन्त्री नेपालले माओवादी लडाकुलाई कुनै पनि हालतमा नेपाली सेनामा नमिसाइने दावी समेत गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिका लागि एमाले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेको समेत स्पष्ट पार्नुभयो ।



del.icio.us
Digg



इ कुकुर नेताहरू एकले अर्कालार्इ दोष दिदै सोझो जनतालार्इ झूलार्इ रहेका छन । इ कुकुरहरू आफ्नै परिवारलार्इ डसेर जिउन जानेकाछन इनको बिस्वास कसैले नगरम । इ सारा कुकुरहरू देस घाती हून ।
Post your comment