फिनल्याडमा मनिषालाई गुन्द्रकु र तामा
हनिमुन मनाउन फिनल्याण्ड पुगेकी बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भनेर चिनाउन पाउँदा गौरव लाग्ने गरेको बताएकी छन् । फिनल्याण्डको उत्तरी क्षेत्रमा हनिमुन मनाएर राजधानी हेलसिन्की फर्किएपछि गैरआवासीय नेपाली संघ फिनल्याण्डले आयोजना गरेको एक कार्यक्रममा उनले सबै प्रवासी नेपालीहरुलाई नेपाली हुनुको गौरव सुनाएकी हुन् । हनिमुनका लागि फिनल्याण्ड पुगेका मनिषा र उनका पति सम्राट दाहाल नेपालको पर्यटन वर्ष२०११ सफल पार्ने एक कार्यक्रममा समेत सहभागि भएका थिए ।
एनआरएन फिनल्याण्डले आयोजना गरेको पर्यटन पर््रबर्द्धन कार्यक्रममा बलिउड अभिनेत्री कोइरालाले त्यहाँका मिडियासामु आफू नेपाली भएकोमा गर्व गर्दै सबैलाई नेपाल पर्यटन वर्ष२०११ को उपलक्ष्यमा सुन्दर देश नेपाल भ्रमण गर्न निम्ता पनि दिइन् । मनिषाले आफूभन्दा ६ वर्षकान्छा व्यवसायी सम्राट दालहासँग एक महिना अघि नेपालमा विहे गरेकी थिइन् । मनिषाले हेलसिन्कीमा आयोजित कार्यक्रममा गुन्द्रकु र तामा पाइन्छकी भनेर आयोजकहरुलाई प्रश्न गर्दा सबै अचम्मित भएको फिनल्याण्डबाट विप्लब हमालले जनाएका छन् । बलिउड अभिनेत्रीको हनिमुनलाई फिनल्याण्डका मिडियाहरुले पनि निकै ठूलो कभरेज दिएको उनले बताएका छन् । यहि अवसरलाई सदुपयोग गर्दै एनआरएन फिनल्याण्डले मनिषाकै उपस्थितीमा पर्यटन पर््रबर्द्धनको कार्यक्रम रहेको हो ।



del.icio.us
Digg



Post your comment