Home | Programs | साउन १७ गते मुलुकले प्रधानमन्त्री पाउने
Newsletter
Email:

साउन १७ गते मुलुकले प्रधानमन्त्री पाउने

Font size: Decrease font Enlarge font
image माओवादी अध्यक्ष प्रचण्ड र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ

एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं प्रधानमन्त्री पदका प्रत्याशी पुष्कमल दाहाल प्रचण्डले साउन १७ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गर्नुभएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग शनिवार विहान भएको भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले तेस्रो पटकमा आफू प्रधानमन्त्री निर्वाचित हुने बताउनुभयो । संसदमा तेस्रो पटक प्रधानमन्त्री पदका लागि सोमवार चुनाव हुदैछ । सिंहदरवारस्थित अध्यक्ष नेम्वाङको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच वर्तमान राजनीतिक गतिरोध र प्रधानमन्त्री निर्वाचनबारे छलफल भएको थियो ।

प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि बहुमतीय पद्धतिबाट प्रधानमन्त्री चयन गर्न साउन ५ र ७ गते भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन सकेको थिएन । बहुमतको लागि माओवादीले गरेको प्रयासबारे सभामुखले माओवादी अध्यक्षसँग जिज्ञासा राख्नुभएको थियो । सभामुख नेम्वाङले पटक पटक निर्वाचन गर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै दलहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0