Home | Programs | गौतम प्रधानमन्त्रीको विशेष सल्लाहकार
Newsletter
Email:

गौतम प्रधानमन्त्रीको विशेष सल्लाहकार

Font size: Decrease font Enlarge font
image प्रधानमन्त्रीका विशेष सल्लाहकार कुलचन्द्र गौतम

कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमलाई आफ्नो परराष्ट्र मामिला र शान्ति प्रक्रियाका विशेष सल्लाहकार नियुक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाको सभाध्यक्ष पदका लागि सिफारिस गर्न गौतमलाई यो पदमा नियुक्त गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई पहिलेदेखिनै यस विषयमा सल्लाह दिदै आउनुभएका गौतम हालै विशेष सल्लाहकार बन्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

 स्रोतका अनुसार गौतमले प्रधानमन्त्री नेपाल सो पदमा चयन भएदेखिनै परराष्ट्र मामिला र शान्ति प्रक्रियाबारे सल्लाह दिदै आउनुभएको छ । प्रधानमन्त्रीकै चाहनामा कांग्रेस नेता रामशरण महतको नाम हटाएर गौतमलाई सभाध्यक्ष पदका लागि सिफारिस गरिएको हो । प्रक्रियागत रुपमा गौतमलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्नासाथ नेपालले गौतमको र्समर्थनमा अन्य देशहरुसँग लबिङ थाल्नुभएको छ । यसपटक सभाध्यक्ष पद एशियाको भागमा परेकाले कतारले यसअघिनै उम्मेदवारी दिइसकेको छ । 

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0