Home | Programs | बेलायती प्रमलाई नेपाल भ्रमण गराउने
Newsletter
Email:

बेलायती प्रमलाई नेपाल भ्रमण गराउने

Font size: Decrease font Enlarge font
image बेलायतका रक्षामन्त्री एन्ड्रयु रोवाथनः फाइल तस्वीर

बेलायती रक्षामन्त्री एन्ड्र्यु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई चाँडैनै नेपाल भ्रमण गराउन पहल गर्ने बताउनुभएको छ । बेलायतका लागि नेपाली राजदूत डाक्टर सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो जानकारी गराउनुभएको हो । बेलायती रक्षामन्त्रालय हृवाइटहलमा भएको भेटमा राजदूत चालिसेले सन् १८१६ मा बेलायत र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भए यता एकजना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा नगएको प्रसंग उठाउनुभएको थियो ।

राजदूत चालिसकेको सो कुरा सुनेपछि प्रत्युत्तरमा बेलायी रक्षामन्त्रीले अचम्मित हुँदै आफ्ना प्रधानमन्त्रीलाई चाँडै नेपाल भ्रमण गराउन पहल गर्ने बताउनुभएको थियो । रक्षामन्त्रीले आफू पनि चाँडै नेपाल गएर गोर्खा भर्ति केन्द्रहरुको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । हाल बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भारत भ्रमणमा हुनुहुन्छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0