Home | Programs | रोहितलाई अध्यक्ष प्रचण्डको आश्वासन
Newsletter
Email:

रोहितलाई अध्यक्ष प्रचण्डको आश्वासन

Font size: Decrease font Enlarge font
image नेमकिपाका अध्यक्ष रोहितलाई भेट्दै अध्यक्ष प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउन कुनै पनि दलसँग 'अनावश्यक' सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।'हामी मधेसी, जनजाति, दलित तथा सीमान्तकृत समूदायको माग र भावनाको कदर गर्दछौं,' शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष अध्यक्ष नारायणमान बिजुक्छेसँग भएको भेटपछि दाहालले भने, 'तर सरकार बनाउन कुनै पनि दलसँग 'अनावश्यक' सम्झौता गर्दैनौं ।' आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि समर्थन जुटाउन दाहालसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भक्तपुरस्थित विजुक्छे निवासमा पुगेका थिए ।

यसअघि साउन ५  गते भएको निर्वाचनमा समर्थन माग्न माओवादीका उपाध्यक्ष भट्टराई र श्रेष्ठ ३ गते बिजुक्छे निवास पुगेका थिए । नेमकिपाले समर्थन गर्न कार्यक्रम प्रस्तुत नगरेको भन्दै समर्थन गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाएको थिएन । प्रधानमन्त्रीको उम्मेदवार कसैले पनि कार्यक्रम प्रस्तुत नगरपछि नेमकिपाले समर्थन गर्नका लागि १५ सर्त अघि सारेको छ ।नेमकिपाको साउन ५ गते बसेको संसदीय दलका बैठकले किसानहरुलाई सुलभ रुपमा गुणस्तरीय मल उपलब्ध गराउने र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नु पर्ने, क्रान्तिकारी भूमिसुधार जमिन जोत्नेलाई वितरण गर्नु पर्ने, अनियन्त्रित रुपमा भइरहेको वन विनासलाई रोक्ने र वन तस्करहरुलाई कार्बाही गर्नु पर्ने, स्थानीय निकायको नया संरचना नबनेसम्मको लागि हालकै संरचनामा तत्काल निर्वाचन गरी जनप्रतिनिधिहरु बहाल गर्नु पर्ने, चीनबाट मल आयत गर्नु पर्ने, स्थानीय स्रोतहरुको परिचना गरी खानेपानीको अभाव अन्तय गर्ने र काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई राष्ट्रियकरण गर्नु पर्ने लगायतका सर्त अघि सारेका छन् ।
नेमकिपाको सर्त प्रति समर्थन भएको भन्दै साउन ६ गते  कांग्रेसका कार्यबहाक सभापति शुसील कोइरालाले हस्ताक्षर गरेर पत्र पठाइसकेका छन् । कांग्रेसले नेमकिपाको सर्तलाई समर्थन गरेपनि यसअघि  भएको प्रधानमन्त्रीको निर्वाचनमा नेमकिपा तटस्थ बसेको थियो । नेमकिपाको दुई जना निर्वाचित र तीन  समानुपातिक सहित पाँच जना सभासद् छन् ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0