माथिल्लो तामाकोशीमा सन्चयकोषको ऋण
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कार्यान्वयनका लागि कर्मचारी संचयकोष , नेपाल विद्युत प्राधिकरण र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बिच रिण लिने दिने सम्बन्धमा त्रिपक्षीय रिण सम्झौतामा हस्ताक्षर भएको छ । ऋण सम्झौता अनुसार कर्मचारी संचयकोशले १० अर्ब दिर्घकालिन ऋण दिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा त्रीपक्षीय हस्ताक्षर भएको हो । उर्जा मन्त्री प्रकाश शरण महतले यो ऋण सम्झौता मात्र नभएर र्दुगामी आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना कोसेढुङ्गा सावित भएको बताउनुभयो ।
उहाँले यो आयोजना निर्माणले अरु आयोजना पनि अघि बढाउन मदत गर्ने जानकारी गराउनुभयो । यस्तैगरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक देवेन्द्र झाले स्वदेशी लगानीमै पहिलो पटक निर्माण भएको आयोजनाले लोडसेडिङहट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष गरि दोलखा बासिलाइ आयोजना निर्माण गर्न सहयोग गरेकोमा धन्यवाद दिनुभयो । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक भोजराज रेग्मीले तामाकोशी जलविद्युत आयोजनाले ठोस जग बसालि २०१५ सम्म उर्जा सङ्कट हट्ने बताउनु भयो ।तामाकोशी आयोजनाको कुल लागत बाहेक रिण ३५ अर्ब २९ करोड रहेको छ । देशमा बढ्दै गइरहेको लोडसेडिङको समस्यालाइ निराकरण गर्न ४५६ मेगावट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आर्यान्वयनलाइ त्रि्रता दिइएको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । दोलखा बजारदेखि सिङ्गटीसम्म ३५ किमी लामो सडक खण्डको सुदृढकरण गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यस आयोजनामा रिण लगानी जम्मा ३१ अर्ब ८ करोडको लागेको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार मुख्य सिभिल निर्माणका लागि अन्तराष्ट्रिय ठेकदार कम्पनीसँग ठेक्का सम्झौता केही दिनभित्रमै हुँदै छ । आयोजना चालु आर्थिक बर्ष२०१५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।



del.icio.us
Digg



Post your comment