न्यायधीसले घुस खाएको निहिताको आरोप,अख्तियार जाने घोषणा
अन्तर्राष्ट्रिय चासोका पात्र बनेका कुख्यात अपराधी चार्ल्स शोभराजले अन्ततः हिमाली राज्य नेपालको जेलको चीसो छिँडीमा आफ्नो बाँकी जीवन बिताउन पर्ने ठहर भएको छ । सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि लागेको अभियोग सदर गर्दै उनलाई र्सवस्व सहित जन्म कैदको फैसला सदर गरेको हो । उनीमाथि हत्या गरेको तथा जाली पासपोर्ट बनाएको अभियोग लागेको थियो । उनको यो अभियोग पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । जसविरुद्घ शोभराज सर्वोच्च अदालत गएका थिए ।
उता शोभराजकी कथित श्रीमती निहिता विश्वासले न्यायाधिसलेे पैसा खाएर शोभराज विरुद्ध फैसला गरेको आरोप लगाएकी छन् । उनले न्यायाधिसविरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने पनि बताइन् । उनले यो निर्ण्र्ााविरुद्ध अन्तर्रर्ााट्रय अदालत जाने पनि बताएकी छन् । शोभराजविरुद्ध वकालत गर्ने कानून व्यवसायीहरुले अदालतको निर्ण्र्ााो स्वागत गरेका छन् । शोभराजविरुद्घ वकालत गर्ने कानून व्यवसायी रमेशप्रसाद कोइरालाले प्रमाणको उचित र सही मुल्यांकन भएको र त्यसैका आधारमा फैसला भएको प्रतिक्रिया दिएका छन् । तर शोभराजतर्फाट वकालत गर्ने कानून व्यवसायी भने अदालतको यस निर्ण्र्ाााट रुष्ट भएका छन् । शोभराजकी सासू तथा उनको तर्फाट वकालत गर्ने मध्येकी एक शकुन्तला थापाले आक्रोशित हुँदै अदालतको यो फैसला आफूहरुलार्इर्र्मान्य नहुने बताइन् । उनले न्यायलय बिक्रिमा रहेकाले जनेभामा गएर मुदा हाल्ने बताइन् । शोभराज जीवनका करिब २० वर्षविभिन्न अपराधवापत जेलमा बिताइसकेका व्यक्ति हुन् । उनी ७ वटा देशका जेलमा परिसकेका छन् । उनीविरुद्घ २० वर्षकैद सजाय सुनाइएको थियो । जसमध्ये उनले ६ वर्षबिताइसकेका छन् । यो फैसलाअनुसार अब उनले बाँकी १४ वर्षजेलमै बिताउनुपर्नेछ ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment