डिस्टर्ब गरेकाले कुटेको तपस्वीको वयान
तपस्वी भनिएका रामबहादुर बम्जनले १७ जना सर्वसाधारणलाई नियन्त्रणमा लिइ कारवाहीस्वरुप आफैंले कुटेको स्वीकारेका छन् ।रतनपुरीको हलखोरिया जंगल -तपस्या स्थल) मा कुटपिटको घटनाबारे आइतवार थप बुझ्न गएका प्रहरी र संचारकर्मीको टोलीसँंग बम्जनले ती सर्वसाधारणहरुले आफ्नो तपस्या स्थल वरिपरि आएर तपस्या भंग गर्न खोजेकोले कारबाहीस्वरुप आफैंले उनीहरुलाई कुटपिट गरेको स्वीकारे ।'प्रतिरक्षाका लागि आफूले पालैपालो थप्पड लगाएर चेतावनी स्वरुप सामान्य कारवाही गरें' उनले भने,
'आफू तपस्यामा लीन भएको अवस्थामा आसन नजिकै हो हल्ला गर्दै चुरोट, बिंडी तान्दै, ध्वजा पतङ्गाहरु समेत चुडाएकोले तिनीहरुलाई कुट्ने विकल्प बाहेक केही थिएन ।' तर कुटिएका मध्ये देवन चौधरीले आफुहरुले त्यसो नगरेको दाबी गरे ।तपस्वीले विहीवार साग टिप्न गएका सर्वसाधारणलाई कोठामा थुनेर कुटेपछि संचारकर्मी र प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिहेको छ । 'घटना बारे विस्तृत बुझ्दै पीडितको उजुरीको आधारमा अनुसन्धान सुरु गरेको छु' प्रहरी उपरिक्षक मनोज न्यौपानेले भने ।



del.icio.us
Digg



The police should be investigating about the miscrients who have tried to insult such rare spiritual masters.Its a sad fact that our countries law listens to miscrients but remain mum when there is someone talking the truth.
In fact police should be vigilant and should be gaurding the spiritual master not investigating against him...
Whoever are complaining against Venerable Ram Bhahadur must be devils because they do not want the Spiritual activities to grow in our country..
My sincere request to the police people is to sit down once and think..THINK !!!!!!! wether the miscrients who dare to smoke drink and disturb could be speaking the truth or the person who is in Deep meditation practice may be speaking the truth..
Post your comment