Home | Programs | बिदाइका आँशु झार्दै डोली चढि्न मनिषा
Newsletter
Email:

बिदाइका आँशु झार्दै डोली चढि्न मनिषा

Font size: Decrease font Enlarge font
image पति सम्राट दालहासँग मनिषा कोइरालाः रमेश सुवेदी

२०६७ साल असार ५ गते । आम नेपालीका लागि यस दिनको खास महत्व नहुन सक्छ । तर नेपालको खानदानी राजनीतिक घराना कोइराला परिवार र विश्वकै दोस्रो चलचित्र उद्योग बलिउडका लागि भनें यस दिनको चीर प्रतिक्षा थियो । हो, नेपाली राजनीतिको सदावहार शक्तिकेन्द्र कोइराला परिवारको चौथो पुस्ताकी जेष्ठ सन्तान एबं बलिउडकी परिपक्व नायिका मनिषा कोइराला अब कुमारी रहिनन् । मनिषाको कुमारित्व बारेमा विवाद र बहस हुन सक्छन् तर हिन्दू धार्मिक परम्परा र ऐन कानुन अनुसार भन्ने हो भनें अब मनिषा कोइराला सुश्रीबाट श्रीमती बनेकी छिन्, त्यसैले अब उनी कुमारी रहिनन् ।

 नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एबं नेपालको लोकतान्त्रिक आन्दोलनका जननायक वीपी कोइरालाकी नातिनी मनिषा कोइरालाको शनिवार हिन्दू बैदिक परम्परा अनुसार उनका पिता प्रकाश कोइरालाले सिन्धुपाल्चोकका स्थायी बासिन्दा युवा उद्यमी सम्राट दाहालसँग गरिदिए । रिल लाइफमा पटक पटक धेरै भारतीय नागरिक नायकहरुसँग विहे गरेकी मनिषाले रियल लाइफमा भनें नेपालीसँगै विहे गरिन् त्यो पनि पन्चेबाजा बजाएर । ३९ वषिर्या मनिषाले आफूभन्दा ६ वर्षकान्छा सम्राटसँग विहे गरेकोमा धेरैले टिका टिप्पणी पनि गरे । तर दर्जनौं बलिउड चलिचित्रमा सफल अभिनय गरिसकेकी मनिषाले चलचित्रकै डाइलगको शैलीमा भनिन् 'प्रेममा सबै चीज जायज हुन्छ' । काठमाडौंबाट करीव १४ किलोमिटर उत्तर पूर्वमा अवस्थित गोकर्ण्र्ाांगल रिसोर्टमा आयोजित विहे समारोहको सबैभन्दा क्लाइमेक्स चाहिँ त्यतिबेला भयो, जतिबेला दुलाहा सम्राटले दुलही मनिषाको सिउँदोमा एक चिम्टी सिन्दू भरे । अनि मनिषाका पिता प्रकाशले ज्वाइँलाई सम्बोधन गर्दै मारे पाप, पाले पून्य भन्ने हिन्दू परम्परागत वाक्य सुनाउदै छोरीको हात ज्वाइलाई थमाएपछि भनें मनिषा भावविभोर बनिन् । सायद त्यतिबेला उनले बुझि्न होला कि, यो चाहिँ उनको रियल म्यारिज रहेछ, रिल म्यारिज होइन । मनिषालाई विवाहको शुभकामना दिन हजारौंको भीड लागेको थियो । देशका राजनेता देखि अभिनेतासम्ममात्र थिएनन्, बलिउडका कलाकारहरुको पनि भीड लागेको थियो । अन्ततः आम नेपाली चेलीहरुकै शैलीमा मनिषा पनि बेहुली बनेर डोलीमा चढि्न, आफन्तलाई बाइ बाइ गर्दै नयाँ जीवनको शुरुवात गर्न स्वामीको घरतिर लागिन् । बधाइ छ मनिषा, तिम्रो सुखद दाम्पत्य जीवनका लागि नेपाली टिभी परिवारको पनि हार्दिक शुभकामना

Subscribe to comments feed Comments (2 posted):

Pratikshya Khadka on 21/06/2010 22:24:42
avatar
WOW,Dami bhayechha..............badhai chha Manisha ji lai....tika tippani ta aairahanchhan kei chaina....!!"
Thumbs Up Thumbs Down
1
Aastha.jeni@yahoo.com on 18/08/2010 12:56:16
avatar
congragulation ,happy married life
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
1.00