Home | Programs | बिरोधपछि २ जनाको पदक फिर्ता
Newsletter
Email:

बिरोधपछि २ जनाको पदक फिर्ता

Font size: Decrease font Enlarge font
image जनआन्दोलनका दमनकारीलाई पदक दिएको विरोधमा कलंकीमा प्रदर्शन गर्दै

सरकारले दोस्रो जनआन्दोलन दमनमा संलग्न रही मानवअधिकार उल्लंघनको अभियोग खेपिरहेका सशस्त्र प्रहरीका डिआइजी दुर्जकुमार र्राई र एसपी कुवेरसिंह रानालाई दिएको पदक फिर्ता लिएको छ । विभुषण छनौट समितिको मंगलवार बसेको बैठकले डिआइजी र्राई र एसपी रानालाई दिएको पदक विवादित बनेको भन्दै फिर्ता लिएको हो । २०६२/६३ को जनआन्दोलनका बेला राइ आफैंले गोली हानेर तीनजना आन्दोलनकारीको हत्या गरेको ठहर रायमाझी आयोगले गरेको थियो ।

त्यस्तै मानवअधिकार उल्लंघको आरोप खेपेका पर्ूव प्रधानसेनापति रुक्माङगद कटवाल, कुवेरसिंह राना लगायतलाई पदक दिएको भन्दै शहीद तथा घाइते परिवारले आन्दोलन गरेका छन् । यसैबीच गृहमन्त्रालले मंगलवार वक्तव्य जारी गरि केही व्यक्तिको बारेमा जनस्तरबाटै गुनासो आएपछि फिर्ता लिइएको र अन्यको बारेमा विवाद नबढाउन आग्रह गरेको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0