समायोजनबारे खनाल नेपाल छलफल
नेकपा एमालेले माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापनाको बारेमा आफ्नो आधिकारिक धारणा तय गरेको छ । एमाले स्थायी समितिको सोमवारको अनौपचारिक बैठकमा अध्यक्ष भलनाथ खनालले सेना समायोजनको बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल लगायत सेना समायोजन विशेष समिति र प्राबिधिक समितिका एमालेका सदस्यहरुसँग छलफल गर्नुभएको थियो । बैठकमा विशेष समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री नेपालले हालसम्म भएका प्रगतिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै विशेष समितिका सदस्य एमाले महासचिव इश्वर पोखरेल र प्राबिधिक समितिका सदस्यहरु एमाले सभासद गोपालसिंह बोहोरा र दिपक भट्टले सेना समायोजनको मोडलका बारेमा कुरा राख्नुभएको थियो । छलफलपछि पत्रकारहरुसँग कुरा गदै अध्यक्ष खनालले योग्यताका आधारमा माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापना गर्नुपर्नेमा एमाले दृढ रहेको बताउनुभयो । समायोजनमा नपर्ने लडाकुलाई पुनर्स्थापनाको प्याकेज तय गर्नुपर्ने एमालेका केन्द्रीय कमिटी सचिव समेत रहनुभएका सरकारका प्रवक्ता शंकर पोखरेलले बताउनुभयो । बैठकले तीन दलबीच भएको तीन बुँदे सहमतिको अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएको छ ।



del.icio.us
Digg



Post your comment