Home | Programs | २ दिनभित्र राजिनामा नआए बेइमानी
Newsletter
Email:

२ दिनभित्र राजिनामा नआए बेइमानी

Font size: Decrease font Enlarge font
image एकीकृत नेकपा माअेावादीका नेताहरु बैठकमा

एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको तीन बुँदे सहमति अनुसार अब २ दिनभित्र प्रधानमन्त्रीले राजिनामा नगरे राजनीतिक बेइमानी हुने ठहर गरेको छ । तीन बुँदे सहमतिको आफूखुसी गलत व्याख्या गरिएकोमा समेत माओवादीले आपत्ति जनाएको छ । आज विहान बसेको माओवादीको स्थायी समिति बैठकले प्रधानमन्त्रीलाई सहमति अनुरुप २ दिनभित्र राजिनामा गरेर सहमतिको वातावरण बनाउन आग्रह गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्रीले २ दिनभित्र राजिनामा नदिए के गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

 बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता दिनानाथ शर्माले कांग्रेस र एमाले सहमतिमा इमान्दार बन्नुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने ठहर बैठकले गरेको जानकारी दिनुभयो । उहाँले राजिनामापछि अनि सहमतिको वातावरण बन्ने र अर्को सरकारको नेतृत्वमा सहमति नभएसम्म माधव नेपालनै कामचलाउ प्रधानमन्त्री कायम रहने बताउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0