Home | Programs | राजिनामा पहिले कि पछिमा बिबाद
Newsletter
Email:

राजिनामा पहिले कि पछिमा बिबाद

Font size: Decrease font Enlarge font
image तीन दलका शीर्ष नेताहरु बैठकमाः रमेश सुवेदी

जेठ १४ गते भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्नबसेको तीन प्रमुख ठुला दलहरुको बैठक विना निश्कर्षटु्रङगिएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आईतवार बसेको तीन दलको बैठकमा सहमति कार्यान्वयनको विषयमा प्रारम्भिक छलफल भए पनि कुनै सहमति बन्न नसकेपछि बैठक भोली दिउसो १ बजे पुनः बस्ने गरि स्थगित भएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकमा माओवादीबाहेकका दलहरुले सहमतिको एक नम्बर बुँदामा संविधान र शान्तिसँग सम्बन्धित विषयहरुमा सहमति भएपछि प्रधानमन्त्रीले राजिनामा दिने तर्क प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा तीन बुँदे  सहमतिको व्याख्याहरुमा दलहरुविच विविधता देखिएपछि पार्टीभित्र छलफल गरेर आधीकारिक धारणा तय गर्ने गरि स्थगित गरिएको नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले जानकारी दिनु भयो । उहाँहरुले लडाकुको समायोजनको संख्या र समयसिमा सहितको स्पष्ट कार्ययोजना , कब्जा गरिएका सम्पति फिर्ता संविधान निर्माणमा रहेका असहमतिको अन्त्यको विषयमा ठोस सहमति बनेमा राष्ट्रिय सहमतिको सरकार निर्माणको मार्गप्रसस्त हुने तर्क गर्नु भएको थियो । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्षहरु मोहन वैद्य ,बाबुराम भट्टर्राई र  नारायणकाजी श्रेष्ठ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेले नेता रामशरण महत र विमलेन्द्र निधी नेकपा एमालेका
अध्यक्ष झलनाथ खनाल नेता केपी ओली भरतमोहन अधिकारी र प्रदिप ज्ञवालीको सहभागीता रहेको थियो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0